डलरको भाउ आकाशियो

२०७० असार २४ गते, सोमबार

काठमाडौं २४ असार – अमेरिकी डलर सोमवार बढेर ९८ रुपैयाँमा कारोवार भएको छ । यो मुल्य अहिलेसम्मकै सबैभन्दा मंहगो हो । दश दिन पहिले नेपाली बजारमा डलरको मुल्य ९७ रुपैयाँ ४० पैसासम्म पुगेको थियो । ९७ रुपैयाँ पुगेपछि क्रमश तल झरेर कारोवार हुँदै आएको डलर सोमवार पुन बढेर ९८ रुपैयाँ १० पैसासम्म पुगेको छ । भारतीय रुपैयाँ कमजोर भएपछि त्यसको प्रभाव डलरमा परेको हो । सोमवार भारतमा पनि प्रतिडलर ६१ को सीमालाई तोड्यो । कारोवारको सुरुवाती चरणमा प्रतिडलर ६१.१९ मा कारोवार भएको थियो । पुँजी विदेश लैजानका लागि ठूलो मात्रामा डलरको माग भएपछि भारु कमजोर सावित भयो ।
केन्द्रिय बैंकले सोमवारका लागि ९६ रुपैयाँ ६५ पैसाको रेट तोके पनि नेपाल इन्भेष्टमेन्ट बैंकले ९७ रुपैयाँ ९५ पैसा, नविल बैंकले ९८ रुपैयाँ १० पैसा र नेपाल एसबीआई बैंकले ९८ रुपैयँ ५ पैसामा कारोवार गरिरहेका छन् ।अमेरिकी अर्थततन्त्रमा सुधार हुँदै गएको खबरले डलर बलियो बन्दै गएको छ ।अमेरिकी केन्द्रिय बैंकले हरेक महिना ८५ अर्बको बोन्ड खरिद गर्ने नयाँ योजनासँगै अमेरिकी मुद्रा बलियो बनेको हो । अमेरिकी अर्थतन्त्र मजबुत बनेपछि भारतमा विदेशी लगानीकर्ताले एक खर्ब २० अर्ब भारु पुँजी बजारबाट झिकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु