अर्थ

हङकङेली अर्बपति लिद्वारा भूकम्प पीडितलाई १० करोड सहयोग

काठमाडौँ, १६ वैशाख । चिनियाँ अर्बपति व्यवसायी लि का सिङले भूकम्प पीडितहरूका सहयोगार्थ १० लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) सहयोग उपलब्ध गराएका छन् । हङकङेली धनाढ्य यिनकै नाममा संचालित लि का सिङ फाउण्डेशनले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी हङकङस्थित महाबाणिज्यदूतावासलाई जानकारी गराएको हो । सिङ अध्यक्ष रहेको फाउण्डेशनले विभिन्न […]

२०७२ बैशाख १६ गते, बुधबार

आफूखुसी राहत उठाउनेमाथि कारबाही

काठमाडौं, १६ बैशाख । नवलपरासीका भूकम्पपीडितलाई राहत भन्दै विभिन्न सङ्घसंस्थाका नामबाट चन्दा असुली सुरु भएपछि प्रशासनले त्यसमा कडाइ गरेको छ ।प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले प्रशासनको पूर्व अनुमतिबिना जथाभावी राहत उठाउनेलाई कारबाही गर्ने बताए ।अनुमतिबिना अपारदर्शी ढङ्गले राहत सङ्कलन गर्दा वास्तविक पीडितको घरमा नपुग्ने भएकाले जवाफदेहिता र पारदर्शिता अपनाउन एकद्वार प्रणाली लागू गरिएको उनले बताए […]

२०७२ बैशाख १६ गते, बुधबार

बढ्दैछ बैंकको ब्याजदर

काठमाडौँ । बैंकहरुले एक साताभित्रै ब्याजदर बढाउँदैछन् । बैंकको निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर पनि बढ्दैछ । बैंकहरुसँग लगानीयोग्य रकम (तरलता) कसिलो भएपछि आफ्नो लगानी गर्न सक्ने क्षमता बढाउन निक्षेप आकर्षित गर्ने रणनीतिमा छन् । निक्षेप आकर्षणका लागि ब्याजदर बढाउनु बैंकहरुको बाध्यता हो । ‘बैंकहरुलाई लगानीयोग्य रकम राख्ने दबाव छ, यसका लागि निक्षेप बढाउनुको विकल्प छैन […]

२०७२ बैशाख १२ गते, शनिबार

लोडसेडिङ फेरी घट्यो

काठमाडौं, ११ वैशाख । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयावधि घटाएको छ । प्राधिकरणले हाल गर्दै आइरहेको दैनिक लोडसेडिङको समयमा केही कम गरेको हो । प्राधिरकरणले शनिबारदेखि लागू हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार अब सातामा ४७ घन्टासम्म लोडसेडिङ हुनेछ । यसअघि सातामा ५५ घन्टासम्म लोडसेडिङ हुँदै आएको […]

२०७२ बैशाख ११ गते, शुक्रबार

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला

काठमाडौं, ११ वैशाख । सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गरेको छ ।मन्त्रिपरिषद्को सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बनधी निर्देशिक २०७१ गत मंगलबार स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रुपमा पठाउने बाटो खुला गरेको हो । यसअघि गएकाहरु समस्यामा परेपछि दुई वर्षअघि सरकारले घरेलु कामदार पठाउन रोक्का गरेको थियो ।

२०७२ बैशाख ११ गते, शुक्रबार

सप्तकोशीमा नयाँ पुल निर्माण

काठमाडौं, १० वैशाख । पुरानो कोशी ब्यारेजको विकल्पमा सप्तकोशी नदीमाथि बनिरहेको नयाँ पुलको निर्माण आँउदो जेठ महिनासम्मा पुरा हुने भएको छ । उदयपुरको मैनामैनी र सुनसरीको बराह क्षेत्रमा निर्माण भईरहेको उक्त पुल आउँदो जेठ महिनाभित्र तयार भइसक्ने ठेकेदार कम्पनीले जनाएको छ । कोशी पुलको भौतिक निर्माणतर्फ ७३ र लागततर्फ ५६ प्रतिशत काम पूरा भइसकेको छ […]

२०७२ बैशाख १० गते, बिहीबार

एनसेलको तीन महिनामा १३ अर्ब ४० करोड कमायो

काठमाडौ, १० बैशाख । एनसेल नेपालले सन् २०१५ को पहिलो तीन महिनामा १३ अर्ब ४० करोड आम्दानी गरेको आर्थिक अभियान दैनिकमा खबर छापिएको छ । यो सन् २०१४ को सोही अवधिको तुलनामा झण्डै ४५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पहिलो तीन महिनामा नौ अर्ब रुपैयाँ आम्दानी गरेको एनसेलको प्यारेण्ट कम्पनी टेलियासोनेराले सार्वजनिक गरेको पहिलो […]

२०७२ बैशाख १० गते, बिहीबार

उखु किसान आन्दोलित

काठमाडौं, ९ वैशाख । बिक्री गरेको उखुको मोल नपाएपछि निराश बनेका रौतहटका किसान आन्दोलित भएका छन् । उनीहरुले तीन दिनदेखि श्रीराम सुगर मिल्सको गेटमा तालाबन्दी गरेर विरोध गरिरहेका छन् । गत वर्षको २१ करोड रुपैयाँ र यस वर्षको झन्डै एक अर्ब रुपैयाँ मिल्सले भुक्तान नगरेपछि कृषक आन्दोलित भएका हुन् । उनीहरुले मिलको गेटमा तालाबन्दी गरेर […]

२०७२ बैशाख ९ गते, बुधबार

ढुकुटी कारोबार गर्नेलाई नौ वर्षसम्म कैद हुने

काठमाडौं, वैशाख ९ । ढुकुटी खेलाउनुलाइर्क्ष् नेपाल कानुनले पहिलोपटक बैंकिङ कसुर परिभाषित गरेको छ । प्रस्तावित विधेयकले सहकारी र ढुकुटीलाई पनि समेटेको छ । प्रस्तावित विधेयकको दफा १४ (क) मा ढुकुटीलाई बैंकिङ कसुर मानिएको छ ।ढुकुटीलाई बैंकिङ कसुरअन्तर्गत राखिएको यो पहिलो पटक हो । यसअघि ढुकुटी कारोबारमा पक्राउ परेका अभियुक्तलाई ठगी र सार्वजनिक अपराध मुद्दा […]

२०७२ बैशाख ९ गते, बुधबार

परराष्ट्रमा भ्रस्टाचारीको राइदाइ

काठमाडौं, ८ बैशाख । विदेशस्थित नेपाली दूतावास तथा नियोगमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारीले परिवार साथमा रहेको प्रमाण नै पेस नगरी साढे ८ करोड रुपैयाँ पारिवारिक भत्ता बुझेको देखिएको छ। परिवार साथमा नलगे पनि उनीहरूले मन्त्री र सचिवको निर्णय गराई भत्ता बुझेका हुन्। यस्ता केहीले त निर्णय नै पेस नगरी पनि पारिवारिक भत्ता लिएका छन्।२०५१ जेठ […]

२०७२ बैशाख ८ गते, मंगलवार