सप्तकोशीमा नयाँ पुल निर्माण

२०७२ बैशाख १० गते, बिहीबार

काठमाडौं, १० वैशाख । पुरानो कोशी ब्यारेजको विकल्पमा सप्तकोशी नदीमाथि बनिरहेको नयाँ पुलको निर्माण आँउदो जेठ महिनासम्मा पुरा हुने भएको छ ।
उदयपुरको मैनामैनी र सुनसरीको बराह क्षेत्रमा निर्माण भईरहेको उक्त पुल आउँदो जेठ महिनाभित्र तयार भइसक्ने ठेकेदार कम्पनीले जनाएको छ ।
कोशी पुलको भौतिक निर्माणतर्फ ७३ र लागततर्फ ५६ प्रतिशत काम पूरा भइसकेको छ । एशियाली विकास बैंकको ७९ करोड १४ लाख रुपैयाँ लागतमा पुल निर्माणाधीन छ ।
निर्माण पक्ष सीटीसीई चाइना र कालिका कन्स्ट्रक्सन ज्वाइन्ट भेन्चरले निर्धारित समयभन्दा अगावै पुल सञ्चालनमा आउने दाबी गरिरहँदा स्थानीयवासी पनि आउँदो बर्खापछि गाडीमै बसेर ओहोर दोहोर गर्न पाइनेमा आशावादी देखिएका छन् । उदयपुरका दर्जनौं गाउं विकास समितिका बासिन्दा सुनसरी जान कोशीमा डुंगाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । नयाँ पूलको लम्बाई २ सय ६१ दशमलब ३ मिटर रहेको छ ।

प्रतिक्रियाहरु