एनसेलको तीन महिनामा १३ अर्ब ४० करोड कमायो

२०७२ बैशाख १० गते, बिहीबार

काठमाडौ, १० बैशाख । एनसेल नेपालले सन् २०१५ को पहिलो तीन महिनामा १३ अर्ब ४० करोड आम्दानी गरेको आर्थिक अभियान दैनिकमा खबर छापिएको छ । यो सन् २०१४ को सोही अवधिको तुलनामा झण्डै ४५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पहिलो तीन महिनामा नौ अर्ब रुपैयाँ आम्दानी गरेको एनसेलको प्यारेण्ट कम्पनी टेलियासोनेराले सार्वजनिक गरेको पहिलो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।
उक्त अवधिमा एनसेलले मोबाइलमार्फत हुने कुराकानीको समयावधि पनि बढेको छ । सन् २०१५ को जनवरीदेखि मार्चसम्म एनसेलको सिम प्रयोग गर्ने प्रति ग्राहकले औषतमा एक महिनामा एक सय ४१ मिनेट कुराकानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल दूरसञ्चार प्राधिकराण्को पहिलो तथ्याङ्क अनुसार नेपालमा एनसेलको ग्राहक संख्या एक करोड २१ लाख २ हजार पुगेको छ ।

प्रतिक्रियाहरु