अर्थ

नुवाकोटका ग्रामिण भेगका नागरिकहरु बसाई सर्दै

काठमाडौं, २१ जेठ । नुवाकोटका ग्रामिण भेगका नागरिकहरु भूकम्प र पहिरोले बस्ती ध्वस्त पारेपछि बसाई सर्न थालेका छन् । पहाडमा बसोवास गरिरहेकाहरु समथल ठाउँ खोज्दै बसाइ सर्ने क्रम बढेको हो । नुवाकोटका शिखरवेशी, राउतवेशी, घ्याङ्फेदी, उर्लेनी, किम्ताङ लगायतका गाउं विकास समितिका स्थानियहरु चितवन र जिल्ला भित्रकै समथर ठाउँमा बसोवास गर्न हिडेका छन् । भूकम्पले घरसंगै […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

राष्ट्र बैंकद्वारा भुकम्पपीडित कर्जा कार्यबिधि सार्वजनिक

काठमाडौं, २१ जेठ । नेपाल राष्ट्र बैंकले भुकम्पपीडितलाई क्षतिग्रस्त घर निर्माण प्रयोजनमा प्रयोग गर्न पाउने गरी प्रदान गर्न लागिएको दुई प्रतिशत ब्याज दरको कर्जा कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार सरोकारवालाहरुको नाममा पत्र लेखी कार्यविधिको मस्यौदा छलफलमा ल्याएको हो । मस्यौदामा बार्षिक दुई प्रतिशत ब्याजदरमा भुकम्पपीडतलाई सुरक्षित आवास निर्माण गर्न राजधानीमा २५ […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

भूकम्पपीडितलाई तत्काल १५ हजार देउ : अर्थ समिति

काठमाडौं, २० जेठ । व्यवस्थापिका संसद अन्तर्गत अर्थ समितिको कार्यालय सिंहदबारमा आज बसेको बैठकले भूकम्पपीडितका लागि सरकारले उपलब्ध गराएको तत्कालीन राहत १५ हजार रुपैयाँ अझैपनि धेरै जिल्लाका गाविसमा नपुगेको भन्दै सात दिनभित्र प्रभावित सबै घरधुरीलाई रकम उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । आज समितिको कार्यालयमा बसेको बैठकमा सभासदहरुले सरकारले भूकम्पपीडितका लागि तत्कालीन रुपमा अस्थायी […]

२०७२ जेष्ठ २० गते, बुधबार

भन्सार छल्ने तीनजना प्रहरी फन्दामा

काठमाडौं,२० जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर ल्याइएको कपडा सहित ३ जनालाइ पक्राउ गरेको छ । प्रहरीका अनुसार १ लाख १५ हजार रुपैयाँ बराबरको कपडा सहित बुटवल १२ का २३ वर्षका बिष्णु फुजेल , बुटवल ५ का २३ बर्षका अबिन के सी र बुटवल ११ का ३९ वर्षका सन्तोषकुमार पछाई मंगलबार राती पक्राउ […]

२०७२ जेष्ठ २० गते, बुधबार

माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

काठमाडौं, १९ जेठ । माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सिन्धुपाल्चोकको बलेफीनजिकै पर्ने यमुनाडाँडा गाविस–८ को शिलापर्वत जंगलमा मंगलबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन सुधीर श्रेष्ठ, अमृतकुमार सिंह, शेरबहादुर कार्की र एकजना नेदरल्यान्ड्सका नागरिक रहेको प्रहरीले जनाएको छ ।उद्धारका लागि गएको माउन्टेन एअरको ‘९ एन एजेपी’को […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

गोमा एयरको विमान धावनमार्गमा चिप्लियो

काठमाडौ, १९ जेठ । जोमसोमबाट पोखरा आउंदै गरेको गोमा एयरको नाइन एन ए के वाई कलसाइनको विमान आज बिहान पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरण गर्ने क्रममा जहाजको अघिल्लो चक्का नखुलेपछि विमान धावनमार्गमा चिप्लिएको हो । विमानको अघिल्लो भागमा सामान्य क्षति पुगे पनि मानविय क्षति नभएको पोखरा विमानस्थलले जनाएको छ । विमानमा […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं, १८ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । अन्तराष्ट्रिय बजारमा बढेको मूल्य अनुसार नेपालमा पनि समायोजन गरिएको आयल निगमले जनाएको छ ।

२०७२ जेष्ठ १८ गते, सोमबार

रसुवागढी जलविद्युत्मा पचास करोडभन्दा बढीको क्षति

काठमाडौं, १८ जेठ । उत्तरी रसुवाको धमन र टिमुरे गाविसमा निमार्णाधीन जलविद्युत् आयोजनामा रु पचास करोडभन्दा बढीको क्षति भएको छ । भूकम्पका कारण एक सय ११ मेगावाट क्षमताको सो आयोजनाको सडक तथा उपकरणमा क्षति पुगेको छ । आयोजना प्रमुख नागेन्द्र ज्ञवालीका अनुसार क्षतिको पूर्ण मूल्याङ्कन गर्न बाँकी नै रहेको छ । आयोजनाको सुरुङभित्रको भाग सुरक्षित […]

२०७२ जेष्ठ १८ गते, सोमबार

तामाकोसीको सेयर बाँडफाँट हुदै

काठमाडौं । माथिल्लो तामाकोसी आयोजनाको सेयर बाँडफाँट यसै साता हुने भएको छ । वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका शक्तिशाली पराकम्पनका कारण बाँडफाँटको काम निर्धारित समयभन्दा करिब एक साता पर सरेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । यसअघि आयोजनाको सेयर बाँडफाँट बुधबारसम्म हुने बताएको थियो । मुलुकमा विपत्ति आएका कारण उक्त समयभित्र […]

२०७२ जेष्ठ १७ गते, आईतवार

“नेपाली पहिचान दिलाउने बस्ती आवश्यक छ”

काठमाडौँ, १७ जेठ । भूगोल केन्द्र नेपालका अध्यक्ष प्रा रामकुमार पाँडेले नेपाली संस्कृति र पहिचानमा विकृति नआउने गरी राष्ट्रिय पुनःनिर्माणमा जोड दिनुभएको छ । “हतारमा हैन, राम्ररी अध्ययन गरी नेपालको पुरानो स्वरुप कायम राख्नुपर्छ, साथै नेपाल भूकम्पको जोखिम क्षेत्र पनि भएकाले नयाँ प्रविधि पनि अँगाल्नुपर्छ” रासससँग आज बिहान कुरा गर्दै उहाँले सुझाव दिनुभयो । नेपाली […]

२०७२ जेष्ठ १७ गते, आईतवार