अर्थ

सुनको भाउ ओरालो लाग्यो

काठमाडौं,२५ फागुन । हिजो अाइतबार सुनको भाउ तोलामा ११ सय रुपैंयाले घटेपछि सुन बजारमा केहि चहलपहल बढेको छ । उपभोक्ताको चहलपहल बढेपनि भाउ सोध्नको लागि मात्र उपभोक्ता छिर्ने गरेको ललितपुर सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष रुपकुमार शाक्यले बताए । उनका अनुसार अझैपनि सुनको भाउ घट्छ कि भनेर उपभोक्ता पर्ख र हेरको मनस्थितिमा छन् ।यसपाली विवाहको […]

२०७१ फाल्गुन २५ गते, सोमबार

आयल निगम १० अर्ब नाफामा

काठमाडौ, २४ फागुन । निरन्तर नोक्सानीमा सञ्चालन भएको नेपाल आयल निगमले चालू आर्थिक वर्षको सात महिनामा झन्डै दश अर्ब नाफा गरेको छ । नाफामध्ये ६ अर्ब ६५ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । १३ असोजबाट पेट्रोल,डिजेल र मट्टिितेलको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार समायोजन हुन थालेपछि निगमले नाफा कमाउन थालेको हो […]

२०७१ फाल्गुन २४ गते, आईतवार

राष्ट्रिय रोजगार नीति पारित

काठमाडौँ । सरकारले रोजगारको बढी सम्भावना भएका मुख्य ६ क्षेत्रलाई प्राथमिकतामा राखेर ‘राष्ट्रिय रोजगार नीति–२०७१’ पारित गरेको छ । श्रम तथा रोजगार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बैठकले सो नीति पारित गरेको हो । कृषि, उत्पादन, निर्माण, पर्यटन, सूचना–प्रविधि र जलस्रोत र ऊर्जालाई रोजगारीको प्रमुख क्षेत्र मानी प्राथमिकतामा राखिएको छ । नीतिमा यी […]

२०७१ फाल्गुन २३ गते, शनिबार

त्रिभुवन विमानस्थल सुचारु

काठमाडौ, २२ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमान भारतबाट उपकरणसहित आएको विज्ञ टोलीले बिहिबार दिउँसो, राति र शुक्रबार बिहानको अथक प्रयासपछि हटाउन सफल भएको छ । टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा बुधबार बिहान धावन मार्गको पश्चिमपट्टि किनारमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द […]

२०७१ फाल्गुन २२ गते, शुक्रबार

त्रिभुवन विमानस्थल अझै अबरुद्ध

काठमाडौं, २२ फाल्गुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त टर्कीस एयरको विमान हटाउन नसक्दा नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल तीन दिनदेखि ठप्प छ । यसले विश्वसँग नेपालको प्रत्यक्ष सम्पर्क विच्छेद भएको छ ।हिजो साँझबाट भारतीय प्राविधिकहरुको प्रयासमा विमान हटाउने प्रयास सुरु गरेपनि धावनमार्गम फसेको जहाज हटाउन आज दिनभर लाग्नेछ । आज साँझ ५ वजेसम्ममा फसेको विमान […]

२०७१ फाल्गुन २२ गते, शुक्रबार

नागरिक उड्डयन प्राधिकरणको जग्गामा भू–माफियाको चलखेल

काठमाडौँ । मध्यपुरथिमि नगरपालिका–८ बस्ने ४५ वर्षीय रामचन्द्र श्रेष्ठ ठगीको अभियोगमा रु ५० हजार धरौटी राख्न नसकेपछि जेल चलान भएका छन् । उनले आफ्नै पुख्र्यौली सम्पत्तिका रुपमा रहेको मथिनपा–१७ साविक दिव्यश्वरी–८ को किनं १३८३ को १२ आना जग्गा बिक्री गरेबापत ठगीको अभियोग खेप्न बाध्य भएका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४९ लाख […]

२०७१ फाल्गुन २१ गते, बिहीबार

वैदेशिक रोजगारका शाखा अधिकृत सहित ८ कर्मचारी निलम्बित

काठमाडौ, २१ फागुन । कोरिया जान नक्कली कागजातको आधारमा श्रम स्वीकृत दिन सहयोग पुर्‍याएको आरोपमा श्रम तथा रोजगार मन्त्रालयले मंगलवार वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित काठमाडौं कार्यालयका दुई शाखा अधिकृत सहित ८ कर्मचारीलाई निलम्बन गरेको छ । काठमाडौं कार्यालयले छानवीनको लागि एक समिती गठन गर्दै उनीहरुलाई निलम्बन गरेको जनाएको छ । निलम्बन पर्नेमा शाखा अधिकृत […]

२०७१ फाल्गुन २१ गते, बिहीबार

आगलागीवाट १० लाखको क्षति

काठमाडौं, २० फागुन । संखुवासभाको शिसुवाखोला-१ का चन्द्रकुमार कुलुङको घरमा आगलागी हुँदा १० लाखको क्षति भएको छ । मंगलबार दिउसो विद्युत सट भएर आगलागी भएको थियो ।आगलागीबाट दुई तोला सुन, १५ तोला चाँदि, एक लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।घरमा जडान गरिएको बिद्युतको मिटर बक्सबाट आगो लागेको स्थानीय […]

२०७१ फाल्गुन २० गते, बुधबार

बंगलादेशले नेपालको ५ सय मेगावाट बिजुली किन्ने

काठमाडौं, २० फागुन । भारतीय जिएमआर कम्पनीले बनाउन लागेको माथिल्लो कर्णाली र माथिल्लो मस्र्याङ्दी–२ बाट ५ सय मेगावाट बिजुली बंगलादेशले किन्ने भएको छ। काठमाडौंमा बिहीबार सुरु हुने तीनदिने जलविद्युत सम्मेलन क्रममा बंगलादेशको पावर डिभिजन र जिएमआरबीच विद्युत खरिद समझदारी हुन लागेको हो।cप्रधानमन्त्री सुशील कोइरालाको रोहबरमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद र जिएमआरका […]

२०७१ फाल्गुन २० गते, बुधबार

तामाकोसीको शेयर माग गर्दै रामेछापवासीहरु आन्दोलित

काठमाडौँ, १९ फागुन । रामेछापवासीहरु हिमाल हाइड्रो पावरले निर्माण गरेको खिम्ति जलविद्युुत आयोजना र निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युुत आयोजनाको शेयर माग गर्दै आन्दोलित भएका छन ।दुईवटै जलविद्युुत आयोजनाबाट रामेछापबासीहरु ठगिएको भन्दै जिल्लावासीहरु आन्दोलनमा उत्रिएका हुन । जिल्लावासीहरुले संघर्षमा जाने निर्णय गरेका हुन । माथिल्लो तामाकोसी आयोजनाले दोलखावासीलाई मात्र शेयर दिने निर्णय गरेको प्रति रामेछापबासीहरुको असहमति […]

२०७१ फाल्गुन १९ गते, मंगलवार