प्राईमले हकप्रद सेयर बिक्री गर्ने

२०७३ मंसिर १४ गते, मंगलवार

काठमाडौं, १४ मंसिर । प्राईम कर्मसियल बैंकले चार लाख ८५ हजार कित्ता हकप्रद साधारण सेयरको बिक्री गर्ने भएको छ । बैंकले बोलकवोलको माध्यमद्धारा उक्त सेयर बिक्री गर्न लागेको हो । सेयर खरिदको लागि यही मंसिर २९ गतेसम्म आवेदन दिनुु पर्ने छ । बिक्री गरिने कुल सेयर मध्येमा संस्थापक समुहको ५२ हजार ४५ कित्ता र सर्वसाधारण समुहको चार लाख ३२ हजार छ सय ४९ कित्ता रहेको छ । बैंकले २०७३ भदौ १२ गतेदेखि २०७३ असोज २९ गतेसम्म हकप्रद सेयरको बिक्री आव्हान गरेको थियो । यसमध्ये केही कित्ता सेयर खरिदको लागि आवेदन नपरेपछि धितोपत्र निष्काशन निर्देशिका २०६५ अनुुसार बोलकवोलको माध्यमद्धारा सेयर बिक्री गर्न लागेको बैक हो । यसैबिच बैंकको बोनस तथा नगद लाभांसको बितरणको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
राष्ट्र बैंक श्रोतका अनुसार प्राईमको बोनस सेयरको बितरण प्रयोजनको लागि ८५ करोड २२ लाख १० हजार तीन सय २१ रुपैयाँ र कर प्रयोजनको लागि चार करोड ४८ लाख ५३ हजार एक सय ७५ रुपैयाँ लाभांस स्वीकृत भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सुन प्रतितोला १ लाख ४० हजार ९ सय

२०८१ जेष्ठ ६ गते, आईतवार

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार