अर्थ

अवैध जडीबुटी बरामद

काठमाडाैँ , ३० मंसिर । उत्तरी बाजुराको कोल्टीका विभिन्न बजारबाट अवैधरुपमा सङ्कलित करिब २७ हजार किलोग्राम जडीबुटी प्रहरीले बरामद गरेको छ । स्थानीयवासीहरुले अवैधरुपमा सामुदायिक वन र राष्ट्रिय वनहरुबाट सङ्कलन पुर्जीभन्दा बढी सङ्कलन गरी बजारमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम विभिन्न जडिबुटी बरामद गरी इलाका वन कार्यालय कोल्टीमा बुझाएको बाजुराका प्रहरी नायब उपरीक्षक […]

२०७३ मंसिर ३० गते, बिहीबार

याक एन्ड यती होटल कारबाही पर्ने

काठमाडौं, २९ मंसिर । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी गराएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ […]

२०७३ मंसिर २९ गते, बुधबार

‘नेपाल बैंक डुबाउने’ भ्रष्टाचारी ठहर

काठमाडौं, २९ मंसिर । सर्बोच्च अदालतले १६ बर्षपछि पहिलो बैंकिङ कसुरसम्बन्धी मुद्दा किनारा लगाउँदै १ सय ५५ जनालाई भ्रष्टचारी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पहिलो बैंकिङ कसुर मुद्दा पुनरावेदन, विशेष हुँदै सर्बोच्च पुगेपछि पनि १० बर्ष अल्झिएर बल्ल अन्तिम किनारा लागेको हो । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकलाई डुवाउने गरी […]

२०७३ मंसिर २९ गते, बुधबार

तलब नपाउँदा शिक्षक ऋण काढेर घरखर्च चलाउँदै

काठमाडौं, २८ मंसिर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बेलडाँडीमा रहेको सिद्धनाथ आधारभूत विद्यालयका निजी स्रोतका तीनजना शिक्षकले छ महिनादेखि तलब पाउन सकेका छैनन् । सामुदायिक वनले तलबका लागि रकम दिन छाडेपछि निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका हुन् । सामुदायिक वनको आम्दानी घटेपछि विद्यालयलाई प्रतिवर्ष दिँदै आएको रकम दिन सकेन, विद्यालयका शिक्षक हर्कबहादुर ऐरले भने, […]

२०७३ मंसिर २८ गते, मंगलवार

नक्सा पास नगरी घर बनाउने प्रवृत्ति बढ्दो

काठमाडौं, २७ मंसिर । घर निर्माण मापदण्ड पूरा गर्दा आफ्नो मूल्यवान् जग्गा सडकका लागि छाड्नुपर्ने भएपछि जग्गा छाड्नुभन्दा मापदण्ड पूरा नगरेकोमा सरकारलाई क्षतिपूर्ति तिर्नु फाइदाजनक भन्दै कीर्तिपुर नगरपालिका क्षेत्रभित्र नक्सा पास नगरी घर बनाउने प्रवृत्ति बढेको छ । त्यसरी नक्सापास नगरी बनाइएका घरले निर्माण सम्पन्न भएको प्रमाणपत्र लिन एक लाख रुपियाँ क्षतिपूर्ति रकम तिरे पुग्ने […]

२०७३ मंसिर २७ गते, सोमबार

पूर्वपश्चिम राजमार्गमा ठुला गाडी रोकिए

काठमाडौं, २६ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा आज बिहान पुल भाँचिएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ । पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक अलपत्र बनेका छन् । साना हल्का सवारी साधन भने पुल […]

२०७३ मंसिर २६ गते, आईतवार

बिदेशिनेको औसत कमाइ ४४ हजार तीन सय ३३

काठमाडौँ, २६ मंसिर । नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागले गरेको ‘विप्रषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृति’ अध्ययनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको औसत मासिक आम्दानी ४४ हजार तीन सय ३३ रुपैयाँ रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रबैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले विदेशमा काम गर्ने प्रत्येक नेपालीले वार्षिक रुपमा ५ लाख ३२ […]

२०७३ मंसिर २६ गते, आईतवार

किमाथांका नाकासम्म सडक विस्तार गरिदैं

काठमाडौँ, २३ मंसिर । संखुवासभाको किमाथांका नाकासम्म सडक विस्तारलाई तिव्रता दिन हेलिकप्टरबाट डोजर लगिएको छ । उत्तर–दक्षिण कोशी सडक अन्तर्गत किमाथांका नाकासम्म दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्न डोजर लगिएको हो । सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको २ वटा डोजर र २ ट्याक्टर संखुवासभाको नुमबाट हटिया गाउँमा झारिएको हो । उत्तर–दक्षिण कोशी सडक कार्यालयका योजना प्रमुख […]

२०७३ मंसिर २३ गते, बिहीबार

नगरपालिकामा भ्रस्टाचार बढेपछि ….

काठमाडौँ, २३ मंसिर । गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार बढेको भन्दै स्थानियले कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाएका छ्न । गोकर्णेस्वर नगरपालिका मा नक्सापास गर्दा,निर्माण सम्पन्न दिँदा र लक्षित वर्गको कार्यक्रम गर्दा व्यापक भ्रस्टाचार बढेको र जनताले प्रत्यक्ष देखिने गरि कतै बिकास निर्माण नभएकाले आफुहरु नगरवासीको हितको लागि आन्दोलनमा उत्रीएको अभियानता सुदर्शन बजगाईले बताए । आफुहरुले नगरको हितमा आवाज […]

२०७३ मंसिर २३ गते, बिहीबार

पैत्रृक सम्पत्तिमा तीन पुस्तासम्मले मात्र हकदाबी गर्न पाउने

काठमाडौं, २२ मंसिर । मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पैतृक सम्पत्तिमा सात पुस्तासम्मले हकदाबी गर्न पाउने व्यवस्था परिवर्तन गर्दै तीन पुस्तामा झार्न प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयकअनुसार हजुरबुबाको सम्पत्तिमा नाति पुस्तासम्मले मात्र हकदाबी गर्न पाउने छ । त्यसपछिका पुस्ताले हकदाबी गर्न पाउने छैनन् । साबिक कानुनमा सात पुस्तासम्मले पैतृक सम्पत्तिमा हकदाबी […]

२०७३ मंसिर २२ गते, बुधबार