कच्चा तेलको मुल्य बढ्न थाल्यो

२०७३ मंसिर १६ गते, बिहीबार

काठमाडौ, १६ मंसिर । कच्चा तेल निर्यात गर्ने देशहरुको समूह ‘ओपेक’ ले कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय गरेको छ । ओपेकको यो निर्णयलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ ।
भियनामा भएको बैठकमा ओपेकले कच्चा तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा ८ प्रतिशतभन्दा बढी बृद्धि भएको छ । ओपेकका अध्यक्ष डा. मोहम्मद बिन सालेह अल सदाका अनुसार ओपेकले प्रतिदिन १२ लाख ब्यारेल कच्चा तेलको उत्पादन कम गर्ने निर्णय गरेको छ । यो निर्णय आगामी जनवरीदेखि लागू हुने जनाइएको छ । यो कटौती सदस्य देशहरुको कुल तेल उत्पादनको करिब तीन प्रतिशत हो । यो निर्णय लागू भएपछि ओपेकले प्रतिदिन ३२५ लाख ब्यारेल तेल उत्पादन गर्नेछ । आठ वर्षको अन्तरालमा पहिलो पटक सदस्य राष्ट्रहरुबीच तेलको मुल्य बढाउने उद्देश्यले उत्पादन कटौती गर्ने सहमति भएको हो । विगत दुई वर्षमा तेलको मूल्यमा प्रतिब्यारेल १०० डलरभन्दा बढी कमी आएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार

सुन प्रतितोला एक लाख ४० हजार

२०८१ जेष्ठ ३ गते, बिहीबार