अर्थ

‘तमोर विद्युत् परियोजनाको काम तत्काल अघि बढाउ ‘

काठमाडौं, २० बैशाख । ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा जिल्लाका स्थानीयले तमोर जलाशययुक्त विद्युत् परियोजनाको काम तत्काल अघि बढाउन माग गरेका छन् । आयोजना प्रभावित क्षेत्रका स्थानीयले चार जिल्लालाई जल यातायातले जोड्ने साथै औद्योगिक करिडोरको रुपमा विकास गर्न सकिने भन्दै तमोर जलाशययुक्त विद्युत् परियोजना अघि बढाउन सरकारसँग माग गरेका हुन् । नेपालमा बढ्दो ऊर्जा संकटलाई […]

२०७४ बैशाख २० गते, बुधबार

अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त

काठमाडौं, १७ वैशाख । मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ । विमानस्थलको क्षमता कम हुँदा भीडभाड बढ्नाका साथै उडान संख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एअर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडानतालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने […]

२०७४ बैशाख १७ गते, आईतवार

चिनियाँ रेल लुम्बिनीसम्म विस्तार गर्न प्रस्ताव

काठमाडौं, १६ बैशाख । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताएका छन् । चीन अध्ययन केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले हालैको चीन भ्रमणमा सिगात्से आइपुगेको चिनियाँ […]

२०७४ बैशाख १६ गते, शनिबार

दर्जन सिमेन्ट उद्योग संकटमा

काठमाडौं , १५ बैशाख । रुपन्देहीमा सञ्चालित एक दर्जन सिमेन्ट उद्योग समस्यामा परेका छन् । सिमेन्ट उत्पादन गर्न आवश्यक क्लिंकर तथा अन्य कच्चा पदार्थको अभाव भएपछि ति उद्योग समस्यामा परेका हुन् । भैरहवा–लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त कच्चा पदार्थ नपाउँदा झन्डै ६० प्रतिशत उत्पादन घटाउनु परेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनासँगै मुलुकमा पुनर्निर्माणले […]

२०७४ बैशाख १५ गते, शुक्रबार

विद्युत चोर पक्राउ

काठमाडाैं, १४ बैशाख । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्नेस्थानबाट आज बिहान एक महिलासहित १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिवकुमार लिम्बू, खड्गप्रसाद लिम्बू, […]

२०७४ बैशाख १४ गते, बिहीबार

पुनर्निर्माण प्राधिकरण ३० अर्ब रुपैयाँ मन्त्रालयमा फिर्ता पठाउने तयारीमा

काठमाडौं, १४ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च गर्न नसक्ने भएकाले उक्त रकम फिर्ता गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार एक खर्ब नौ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसमध्ये […]

२०७४ बैशाख १४ गते, बिहीबार

भक्तपुरमा साझा बस चलाउन अवरोध

काठमाडौं, ८ वैशाख । साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन । साझाले फागुन ३० गते ‘रुट परमिट’ माग गर्दै विभागमा पत्राचार गरेको थियो । अनुमति लिएर नयाँ वर्षको अवसर पारी वैशाख १ गतेदेखि कोटेश्वरसम्म चल्ने साझा यातायात भक्तपुरमा गुडाउने योजना थियो […]

२०७४ बैशाख ८ गते, शुक्रबार

मुसहरलाई जग्गा दर्ता राजस्वमा छुट

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकलेले महोत्तरीको बर्दिवासमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट दिने निर्णय गरेको छ । यसैगरी बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका लागि स्वीकृती दिएको छ । बैठकले यूरोपियन यूनियनलाई जग्गा खरिदका लागि अनुमति दिने निर्णय पनि गरेको छ । यस्तै नेपाली सेनाका […]

२०७४ बैशाख ७ गते, बिहीबार

स्वास्थ्य मन्त्रालयद्वारा एक खर्ब सात अर्ब माग

काठमाडौं, ७ वैशाख । स्वास्थ्य मन्त्रालयले सात वर्षमा देशभरका सबै स्वास्थ्य संस्था निर्माणका लागि रु एक खर्ब सात अर्ब माग गरेको छ । मन्त्रालयले सातवर्षे ‘एकीकृत स्वास्थ्य पूर्वाधार परियोजना’अन्तर्गत् सेवाका आधारमा अस्पतालको वर्गीकरण हुनुपर्ने व्यवस्था बसाल्न उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको विकास गर्न उक्त रकम आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयमा मंगलबार प्रस्ताव पेस गरेको हो […]

२०७४ बैशाख ७ गते, बिहीबार

बाँसका मुढा निर्यात हुन छाड्यो

काठमाडौं, ६ बैशाख । धादिङ जिल्ला कारागर धादिङमा उत्पादित बाँसका मुढा चीन निर्यात हुन छाडेपछि गोदाममै थन्किएका छन् । सडक नहुँदा एक वर्षदेखि मुढा चीन निर्यात हुन नसकेको हो । सडक चलेका अवस्थामा प्रतिवर्ष ४० देखि ५० लाखसम्म बाँसका मुढा र डाइनिङ्ग टेबलका सेट चिनियाँ बजारमा निर्यात हुँदै आएको थियो । सरकारी सुविधाले आफूहरुलाई दैनिकी […]

२०७४ बैशाख ६ गते, बुधबार