अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा मे दिवसप्रति ऐक्यबद्धता जाहेर

२०८१ बैशाख १९ गते, बुधबार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले १३५ औं मे दिवसप्रति ऐक्यबद्धता जाहेर गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो ऐक्यबद्धता जाहेर गरेका हुन्।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ‘आज २०२४ मे १ तारिख । आजको दिनलाई संसारभरका मजदुरहरुले १३५ औं मे दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । यस ऐतिहासिक अवसरमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र विश्व सर्वहारावर्गका असली र क्रान्तिकारी प्रतिनिधिहरुका रुपमा रहेका आधुनिक मजदुरहरुको १३५ औं मे दिवसप्रति ऐक्यबद्धता जाहेर गर्न चाहन्छ र वैज्ञानिक साम्यवादमा पुगेपछि मात्र मजदुरहरुका मागहरू पुरा हुने भएकोले पुँजीवादको गर्भबाट जन्मिएका आधुनिक मजदुरहरुले फेरि पनि भ्रमहरुलाई चिर्दै मे दिवसलाई क्रान्तिकारी रुपान्तरणका निम्ति अबको मजदुर आन्दोलनलाई वैचारिक रुपले नयाँ तवरबाट डोर्‍याउने उद्श्येका साथ अध्ययन अनुसन्धान र संश्लेषणको रुपमा आवश्यक छ । त्यसैले आफ्नो र सम्पूर्ण मानव जातिको मुक्ति प्राप्त गर्नका लागि विश्वभरका सम्पूर्ण आधुनिक मजदुरहरुलाई चालु नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्तिमा लामबध्द हुन हार्दिक अनुरोध गर्दछौं ।’

प्रतिक्रियाहरु