अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८१ बैशाख १९ गते, बुधबार

काठमाडौँ । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस ’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सन् १८८६ मा अमेरिकाको शिकागोमा मजदूर आन्दोलन शुरु भएको थियो । यसै दिनको सम्झनामा विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।
नेपालमा भने विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । श्रमिक दिवसका अवसरमा विभिन्न मजदुर संगठनले आज अन्तरक्रिया , चेतनामूलक -याली जस्ता कार्यक्रमहरु आयोजना गरी श्रमिक दिवस मनाइँदै छ ।

प्रतिक्रियाहरु