सहिद मित्रमणी आचार्यको विचारलाई मर्न दिदैनौं

२०८१ बैशाख १९ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य सन्देश सीले मित्रमणी आचार्यले बाेकेको विचार आमश्रमजीवि वर्गको पक्षमा रहेको बताउदै आचार्यले बाेकेको विचारलाई मर्न नदिन दृढतापूर्वक लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अखिल (समाजवादी) द्वारा मित्रमणी आचार्यको ३९ औ स्मृति दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेता सन्देश सीले नेकपाले मित्रमणीको शालिकसहितको बहुउद्देश्यीय पार्क निर्माण गर्ने प्रतिबद्धता गर्दै मित्रमणीलगायतको सहिदको इतिहासलाई लिपिबद्ध गरेर नयाँ पुस्तालाई भन्न पर्ने र पढाउनुपर्ने बताए । उनले भने- ‘देशको अग्रगामी परिवर्तनमा आचार्यको भूमिका मत्वपूर्ण छ भन्दै उनले भने, ‘परिवर्तनकारी शक्तिहरुका लागि मित्रमणी जस्ता महान शहिदहरुको बलिदानीले शक्ति र प्रेरणा दिइरहने छ ।’
नेता सन्देश सीले अग्रगामी परिवर्तनमा आचार्यको हत्याले क्षति पुर्याएको बताउदै राज्यसत्ताको दुरुपयोग गर्दै राजनैतिक आवरणबाट आचार्यको हत्या भएको समेत बताए ।
उक्त कार्यक्रममा समाजवादीले मित्रमणी माथी भएको आक्रमणको प्रतिरोध गर्ने दुई जना ज्युदो सहिदहरुलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष ज्ञान प्रसाद खनालले यो महत्त्वपूर्ण कार्यक्रमको लागि अखिल (समाजवादी) लाई धन्यवाद दिए । उनले मित्रमणीका सहयात्री विजय भुजेलले मित्रमणीकाे आवाजलाई सहन नसकि काङ्ग्रेसहरुले आचार्यको हत्या गरेको उल्लेख गर्दै मित्रमणीको विचार मर्न नदिने संकल्पमा सबै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले आचार्यले कम्यूनिष्ट विद्यार्थी आन्दोलनमा दिएको योगदानको वसषयमा समेत चर्चा गरेका थिए ।
कार्यक्रमको अध्यक्ष तथा अखिल (समाजवादी) का केन्द्रिय सचिव अटलले मित्रमणीको सपना वैज्ञानिक समाजवादी शिक्षा भएको भन्दै आफ्नो सङ्गठनले त्यो पूरा गर्ने प्रतिबद्धता जनाए ।
२०१९ सालमा प्यूठान रम्दी २ तिघ्रामा जन्मिएका आचार्य २०४२ साल वैशाख १८ गते चितवनको मेघौली पर्साढापमा हुने अभिभावक भेलामा जाने क्रममा बिचमै हतियारधारी समुहले हत्या गरेको थियो । तत्कालिन अखिल (छैठौं) का केन्द्रिय सदस्य रहेका आचार्य प्रगतिशिल प्यानलबाट कृषि तथा पशु विज्ञान संस्थान रामपुरको स्ववियू सभापति थिए ।

प्रतिक्रियाहरु