‘नेपालमा तीन खर्ब लगानी गर्छौ’

२०७३ फाल्गुन ७ गते, शनिबार

काठमाडौं, ७ फागुन । चिनियाँ ठूला कम्पनीले नेपालमा ३ खर्ब रुपैंया लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वकै उत्कृष्ट पाँचसय ठूलामा सूचीकृत कम्पनीलाई सहभागी गराउँदै बेइजिङस्थित नेपाली दुताबासले शुक्रबार गरेको ‘नेपालमा लगानीको अवसर’ विषयक सेमिनारमा ती कम्पनीले ठूलो लगानीको प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
दुताबासको सभाकक्षमा आयोजित सेमिनारमा चीनका विभिन्न प्रतिष्ठित कम्पनीको सहभागिता थियो । सेमिनारमा सहभागी विभिन्न कम्पनीका प्रतिनिधिहरु नेपालमा लगानी गर्न उत्साहित देखिन्थे । केही कम्पनीले सेमिनारमै नेपालमा १८ अर्ब ५० करोड चिनियाँ युआन अर्थात झन्डै ३ खर्ब रुपैंयाको लगानी प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालमा लगानी गरिरहेका पावर चाइना इन्टरनेसनल ग्रुप (तत्कालीन सिनो हाइड्रो) ले नेपालका विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको छ । नेपाल टेलिकमसँग व्यावसायिक साझेदारी गर्दै आएको जेडटिई, विभिन्न पूर्वाधार क्षेत्रमा काम गर्दै आएको गेजुवा कम्पनीले नेपालमा लगानी गरिरहेको छ । -कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु