नेपाल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

२०८१ बैशाख १९ गते, बुधबार


काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले विद्यमान सेयरधनीहरुका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्नका लागि जेठ ४ गते साधारणसभा आह्वान गरेको छ । वैशाख २६ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । आफूसँग भएको सेयर संख्याको ४० प्रतिशत (१० बराबर ४ कित्ता) का दरले अंकित मूल्यमा सेयर पाउने छन् ।
वैशाख २७ गतेका लागि कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्दको मिति तय गरेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ कायम हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ छ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको साधारण सेयर मूल्य प्रतिकित्ता ८४६ रुपैयाँ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु