ताजा खबर

भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा निधन भएको छ । करिब १४ वर्ष भेनेजुयलाको सर्वच्च पदमा रहेका चाभेजको स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थियो ।

२०६९ फाल्गुन २३ गते, बुधबार

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश खिलराज रेग्मीले इजलासमा बस्ने नैतिक अधिकार गुमाएको दाबी गरेको छ । पूर्व पदाधिकारीहरुसहित मंगलबार बसेको बारको आकस्मिक बैठकले प्रधानमन्त्री बन्न चार दलले गरेको प्रस्ताव स्वीकार गरेसँगै रेग्मीले इजलासमा बसेर न्याय सम्पादन गर्न नसक्ने दाबी गरेको हो ।

२०६९ फाल्गुन १६ गते, बुधबार

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन जुटेका शिर्ष तीन दलका नेताहरुको तयारी असफल भएको छ । रेग्मीले दलहरुबाटै आफ्नो नेतृत्वमा गठन हुन लागेको चुनावी सरकारको बिरोध हुन थालेको, सर्वोच्चमा रिट परेको, बारका पदाधिकारीले बिरोध गरेकोलगायत कारण देखाउादै चुनावी सरकारको नेतृत्वमा अनिच्छा प्रकट गरिरहेका छन् ।

२०६९ फाल्गुन १३ गते, आईतवार

नेपालका बुद्धिजीवी, लेखक, राजनैतिक विश्लेषक, कानुन ब्यवसायी, राष्ट्रिय उद्योगपतिहरुले देशमा स्वाधिनताको आन्दोलन आवश्यक भएको बताएका छन् ।संघीय जनगणतान्त्रिक मोर्चाले सम्वाद डवलीमा आयोजना गरेको अन्तरसम्बादमा उनीहरुले सो कुरा बत्तेका हुन् ।

२०६९ फाल्गुन १२ गते, शनिबार

नेपाल बार एशोशिएसनका पदाधिकारीहरुले बहालवाल प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने सुझाव दिएका छन् । उनीहरुले रेग्मीको नेतृत्वमा सरकार गठन भए त्यसलाई स्वीकार नगर्ने समेत वताएका छन् ।

२०६९ फाल्गुन ११ गते, शुक्रबार

नेकपा–माओवादीले आज साँझ देशैभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

२०६९ फाल्गुन १० गते, बिहीबार

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चार दलको सहमतिमा प्रधानन्यायाधीशको अध्यक्षतामा गठन गर्न लागेको सरकार अन्तरिम संविधानको मर्म बाहिर भएकाले आफ्नो दलले स्वीकार नगर्ने बताएका छन । सम्वाद डबलीले गरेको साक्षात्कारमा अध्यक्ष ‘किरण’ले न्यायापालिकाको प्रमुखलाई कार्यपालिकाको नेतृत्व सुम्पिए शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने र निर्दलिय व्यवस्था शुरु हुने दावी गरे। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चार […]

२०६९ फाल्गुन ९ गते, बुधबार

‘कथित चार दलले तयार पारेको ९ बुँदे सहमतिले संकट हल गर्दैन, झन् चर्काउँछ’-शीतलनिवास अगाडि विरोधसभासहित राष्ट्रपतिलाई विरोध पत्र बुझाएपछि माओवादी महासचिव रामबहादुर थापा बादलले भने-’यस्तो चुनावमा हामी भाग लिन्नौं ।बाहृय शक्तिहरुले गराएको सहमति मान्य हुन्न ।’ राष्ट्रपतिले संविधान संरक्षकको भूनिका खेल्न नसकेको र चार दलको षड्यन्त्रमा परेको ६ दलको आरोप छ

२०६९ फाल्गुन ९ गते, बुधबार

नेकपा माओवादीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति गरेको विरोधमा आज दिउसो ठीक २ बजे लैनचउरमा भेला भएर राष्ट्रपतिलाई विरोध पत्र बुझाउने तय भएको जनाएको छ ।दिउसो -र्याली सहित गएर विरोध पत्र बुझाउने र बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने माओवादीले बताएको छ ।

२०६९ फाल्गुन ९ गते, बुधबार

हाम्रो पार्टीद्वारा आज फागुन ८ गते आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई शान्तिपूर्ण र शान्दार ढंगले पूर्णरुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण यातायात व्यवसायी,उद्योगी/व्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, मजदुर, सुकुम्बासी, पत्रकार, मानवअधिकारवादीहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।- रामबहादुर थापा ‘बादल’, महासचिव ,नेकपा-माओवादी

२०६९ फाल्गुन ८ गते, मंगलवार