२०६९ फाल्गुन १६ गते, बुधबार

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश खिलराज रेग्मीले इजलासमा बस्ने नैतिक अधिकार गुमाएको दाबी गरेको छ । पूर्व पदाधिकारीहरुसहित मंगलबार बसेको बारको आकस्मिक बैठकले प्रधानमन्त्री बन्न चार दलले गरेको प्रस्ताव स्वीकार गरेसँगै रेग्मीले इजलासमा बसेर न्याय सम्पादन गर्न नसक्ने दाबी गरेको हो ।

प्रतिक्रियाहरु