प्रवास

राष्ट्रिय फुटबल टोली जापानसँग पहिलो अभ्यास खेल खेल्दै

काठमाडौं, २९ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीले आज जापानसँग पहिलो अभ्यास खेल खेल्दैछ । टोलीले जापानको गाम्बा ओसाका फुटबल क्लवको २३ वर्ष मुनिको टोलीसँग खेल्न लागेको हो । ए.एफ.सी एसियन कप फुटबल छनोट प्रतियोगिताअन्तर्गत ताजकिस्तान विरुद्धको खेलको तयारीको लागि नेपाली टोली जापान भ्रमणमा पुगेको हो । जापानमा रहँदा नेपालले विभिन्न, क्लब, विश्वविद्यालय तथा उमेर […]

२०७४ श्रावण २९ गते, आईतवार

भारतलाई चीनको चेतावनी

काठमाडौ, २६ साउन । करिब दुई महिनादेखि भुटान र चीनको सीमा क्षेत्र डोकलाममा भारत र चीनबीच तनाव जारी छ। दुवै देशको तर्फबाट तनाव अन्त्य गर्ने कुनै पहल भएको छैन भने गतिरोध अन्त्यको संकेत पनि देखिँदैछ । यसैबीच चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले चिनिया रक्षामन्त्रालयलाई उधृत गर्दै बुधबार समाचार एजेन्सी रोयटर्सको एक रिपोर्टको खण्डन गरेको छ […]

२०७४ श्रावण २६ गते, बिहीबार

कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने

काठमाडौ, २० साउन । कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ । विदेशी कामदारमाथि भारी मात्रामा निर्भर रहेका कुनै पनि खाडी मुलुकमा यस किसिमको योजना ल्याइएको पहिलो हो । कतारको मन्त्रिपरिषदले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने योजनाको मस्यौदालाई पारित गरेको छ । यद्यपि स्थायी बसोबासका लागि केही सर्त भने राखिएका छन् । […]

२०७४ श्रावण २० गते, शुक्रबार

कतार संकटको असर नेपालीलाई

काठमाडौं, १५ साउन । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् । नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ […]

२०७४ श्रावण १५ गते, आईतवार

गोर्खाल्याण्ड अान्दोलन, अहिलेसम्मकै सबैभन्दा लामो अान्दोलन

काठमाडौं, १३ साउन । दार्जिलिङमा जारी गोर्खाल्याण्ड माग आन्दोलनले ५० दिन पूरा गरेको छ । यो अहिलेसम्मकै धेरै लामो अान्दोलन हो । बंगाल सरकारले नेपालीभाषीको माग पूरा गर्नेतिरत भन्दापनि नाकाबन्दी गरेर अघोषित संकटकाल घोषणा गरेको । दार्जिलिङ अासपास क्षेत्रमा क्षेत्रमा सुरक्षाकर्मी र अान्दोलनकारीबीच झडप जारी छ । सरकारले ३५ दिनदेखि इन्टरनेट सेवा बन्द गरेको छ […]

२०७४ श्रावण १३ गते, शुक्रबार

नितिश कुमार पुन : मुख्यमन्त्री

काठमाडौं, १२ साउन । नितिश कुमारले राजीनामा दिएको भोलिपल्ट पुन बिहारको २२ औं मुख्यमन्त्रीका रुपमा पुनः सपथ लिएका छन् । आज नितिशसँगै सुशीलकुमार मोदीले उपमुख्यमन्त्रीको सपथ लिएका हुन् । महागठबन्धनबाट मुख्यमन्त्री बनेका नितिशले लालुप्रसाद यादवको दल राष्ट्रिय जनता दलसँग विवाद भएपछि राजीनामा दिएका थिए । यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्यमा खटपट भएपछि हिजो राजीनामा […]

२०७४ श्रावण १२ गते, बिहीबार

बेलायतमा नेपाली प्रतिभाको खोजी

काठमाडौं, १२ साउन । दक्षिण पूर्वी लन्डन अर्थात् नेपालीहरुको घना बस्ती भएको ठाउँ प्लमस्टेडमा भब्य ‘प्रतिभा नक्षत्र २०१७’ आयोजना गरिने भएको छ । नेपाली कला र संस्कृतिलाई माया गर्ने प्रवासी नेपालीहरुको परिकल्पनामा तयार भएको यो कार्यक्रम प्लमस्टेडको एसियन कम्युनिटी हलमा तयारी लगभग सकिएको छ । प्रवासी नेपालीलाई एकै ठाउमा ल्याएर आ ( आफ्नु पहिचान र […]

२०७४ श्रावण १२ गते, बिहीबार

नीतीशकुमार मोदीको पक्षमा

काठमाडौं, १२ साउन । भारतको बिहारमा एकाएक राजनीतिक समीकरण परिवर्तन भएको छ । राजनीतिक समीकरणसँगै सरकार पनि परिवर्तन हुँदैछ । बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका नीतीशकुमारले बिहीबार नयाँ राजनीतिक गठबन्धनका तर्फबाट सरकार गठन गर्ने भएका छन् । उनले लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्य तोडेर भारतीय जनता पार्टी (भाजपा)सँग मिलेर सरकार गठनको तयारी थालेका […]

२०७४ श्रावण १२ गते, बिहीबार

पाँचतले भवन भत्कँदा १७ को मृत्यु

काठमाडौ, ११ साउन । भारतको एक ठूलो सहर मुम्बईको उत्तरतर्फ मंगलबार भत्किएको एक पाँचतले भवनमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ ।उद्वारकर्मीहरुले उद्वारको कार्य जारी नै राखेका छन् । उनीहरुले बुधबार बिहानसम्म भत्किएको भवनको भग्नावशेषबाट १७ व्यक्तिको शव निकालेको बताएका छन् । मुम्बईको विपद् व्यवस्थापनसम्बन्धी कार्यालयका प्रवक्ता तनाजी काम्बलेले भने–‘१७ जनाको शव निकालिएको छ […]

२०७४ श्रावण ११ गते, बुधबार

चीनद्वारा भारतलाई चेतावानी

काठमाडौं, ९ साउन । भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रो सेना उक्त क्षेत्रमा थप खटाउने छौँ ।’ चीन, भुटान र भारतको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि सो विवाद […]

२०७४ श्रावण ९ गते, सोमबार