गोर्खाल्याण्ड अान्दोलन, अहिलेसम्मकै सबैभन्दा लामो अान्दोलन

२०७४ श्रावण १३ गते, शुक्रबार

काठमाडौं, १३ साउन । दार्जिलिङमा जारी गोर्खाल्याण्ड माग आन्दोलनले ५० दिन पूरा गरेको छ । यो अहिलेसम्मकै धेरै लामो अान्दोलन हो । बंगाल सरकारले नेपालीभाषीको माग पूरा गर्नेतिरत भन्दापनि नाकाबन्दी गरेर अघोषित संकटकाल घोषणा गरेको । दार्जिलिङ अासपास क्षेत्रमा क्षेत्रमा सुरक्षाकर्मी र अान्दोलनकारीबीच झडप जारी छ ।
सरकारले ३५ दिनदेखि इन्टरनेट सेवा बन्द गरेको छ । त्यहाँ के भइरहेको छ बाहिर कसैलाई जानकारी छैन । सरकारी दमनको भिडियो र फोटाहरु सामाजिक संजाल र मिडियामा अाउँन थालेपछि इन्टरनेट सेवा नै बन्द गरिएको हो ।
यसअघि सन् १९८६ मा ४० दिनसम्म बन्द भएको थियो । त्यतिबेला सुवास घिसिङ नेतृत्वमा गोर्खाल्याण्ड माग्दै अान्दोलनमा १ हजार २ सय व्यक्तिले ज्यान गुमाएका थिए तर अान्दोलन सफल हुन सकेन ।
अान्दोलनले ५० दिन पूरा गरेपनि पहिलेजस्तो हिंसात्मक बनेको छैन । अहिलेसम्म ९ जना अान्दोलनकारीको ज्यान गइसकेको छ ।
गोर्खा जनमुक्ति मोर्चाका उपाध्यक्ष विशाल क्षेत्रीले बंगाल सरकारले दार्जिलिङमा अघोषित संकटकाल लगाएको बताए । नाकाबन्दीका कारण खाद्यान्न, पेट्रोलियम, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव भइरहेको क्षेत्रिले जानकारी दिए । पश्चिम बंगाल सरकार माध्यामिक तहसम्म बंगाली भाषा अनिवार्य गर्ने निर्णयसँग नेपालीभाषी गोर्खाल्याण्डको माग गर्दै अान्दोलनमा उत्रेका थिए ।

प्रतिक्रियाहरु