नितिश कुमार पुन : मुख्यमन्त्री

२०७४ श्रावण १२ गते, बिहीबार

काठमाडौं, १२ साउन । नितिश कुमारले राजीनामा दिएको भोलिपल्ट पुन बिहारको २२ औं मुख्यमन्त्रीका रुपमा पुनः सपथ लिएका छन् । आज नितिशसँगै सुशीलकुमार मोदीले उपमुख्यमन्त्रीको सपथ लिएका हुन् । महागठबन्धनबाट मुख्यमन्त्री बनेका नितिशले लालुप्रसाद यादवको दल राष्ट्रिय जनता दलसँग विवाद भएपछि राजीनामा दिएका थिए । यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्यमा खटपट भएपछि हिजो राजीनामा दिएका नितिश कुमारले आजै नयाँ राजनीतिक गठबन्धनका तर्फबाट सरकार गठन गरेका हुन् । भारतीय जनता पार्टी भाजपासँग मिलेर सरकार गठन गरेका हुन् । बिहारका भाजपा नेता सुशीलकुमार मोदीसहित १ सय ३२ विधायकको समर्थनसहित नितिशकुमारले सरकार गठनको प्रस्ताव गरेपछि उनलाई सरकार गठनका लागि अनुमति दिइएको हो । बिहार विधानसभामा नितिश कुमार नेतृत्वको जनता दल युनाइटेडका ७१ विधायक छन् भने भारतीय जनता पार्टीका ५३ र राष्ट्रिय जनता दलका ८० विधायक छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु