‘दलाल पुँजीवादी व्यवस्थावाट देश र जनताको रक्षा हुन सक्दैन ‘

२०८० फाल्गुन २८ गते, सोमबार


काठमाडौँ । नेपाल कमुनिस्ट पार्टीका महासचिव विप्लव सीले दलाल पुँजीवादी व्यवस्थावाट देश र जनताको रक्षा हुन नसक्ने ठोकुवा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी कालिकोट र जुम्ला जिल्लाले सोमवार सीमावजार नाम्गमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले नेपालमा नेपाली विशेषताको समाजवाद अहिलेको संकटको उचित निकास हुने बताउदै भने – ‘नेपालमा पछाडि फर्किएर होईन, अग्रमामी निकास खोज्नु पर्छ, त्यसका लागि समाजवादभन्दा अर्को विकल्प छैन ।’
महासचिव विप्लव सीले नेपालको राजनीतिक सिहदवार वरिपरि गोलचक्करमा घुमिरहेको बताउदै अब जनतातिर फर्किएको राजनीतिक व्यवस्था समाजवाद आवश्यक भएको बताए ।
महासचिव विप्लव सीले नेपाललाई अमेरिकी साम्राज्यवादले युक्रेन बनाउन खोजे त्यसको प्रतिवाद गर्ने बताउदै विदेशी हस्तक्षेप कुनै पनि हालतमा स्वीकार नगर्ने र प्रतिवाद गर्ने चेतावनी दिए । उनले अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो सेना गोप्य रुपमा राखिसकेको खुलासा गर्दै अमेरिकीकाले घोषित रुपमा नेपालमा सेना राख्ने षड्यन्त्र गरिरहेको बताए । उनले भने ‘नेपालमा अमेरिकीको सेना वसीसेको छ,तर उ खुल्ला भएर राख्न चाहान्छ, एमसीसी र एसपीपीका माध्यम बाट आएको छ ,यसको नेकपाले कडा प्रतिवाद गर्छ ।’
महासचिव विप्लव सीले स्याउ रोप्नु देश र जनताको आत्मनिर्भर अर्थतन्त्रको जग भएकाले उत्पादन पनि अर्को जनयुद्ध भएको टिप्पणी गर्दै भने-
‘जनयुद्ध भनेको परिवर्तनको युद्ध हो आर्थिक जीवनमा जनतालाई परिवर्तन गर्न हामी उत्पादको योजनामा छौ, यो पनि जनयुद्ध नै हो। ‘
महासचिव विप्लव सीले देश र जनताको एकपटक नेतृत्व गर्ने चाहाना भएको भन्दै जनतालाई एकपटक आफ्नो पार्टीलाई साथ दिन आग्रह गरे । उनले जुम्ला र कालिकोटमा स्याउ रोप्न आउदा जनताले धेरै माया गरेको भन्दै धन्यवाद दिदै भने- ‘स्याउ रोप्ने कुरा देखाउनका लागि होइन, साँच्चीकै केही गर्ने योजनाले लागेका छ। ‘
उक्त कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य आदर्श सीले विप्लवलाई एकपटक टेस्ट गर्न जनतालाई आग्रह गरे ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरत सी,असल सी लगायतका केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा प्रभात जनसांस्कृति परिवार तथा स्थानीय जनकलाकारहरुले सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । नेकपाका मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेकपाका कालिकाट जिल्ला इन्चार्ज बलवान सीले गरेका थिए ।

प्रतिक्रियाहरु