‘काँडेतार’ निर्माताद्वारा चलचित्र संघ र चलचित्र निर्माता संघमा उजुरी

२०८० फाल्गुन २७ गते, आईतवार

काठमाडौँ । ‘काँडेतार’ फिल्मका निर्देशक तथा निर्माता नवल खड्काले राम्रो अकुपेन्सी हुँदाहुँदै फिल्मलाई किनारा लगाउने रणनीति प्रदर्शकले लिएको भन्दै चलचित्र संघ र चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । खड्काले चलचित्र संघ र चलचित्र निर्माताको वार्ता कार्यदललाई सम्बोधन गर्दै बुझाइएको पत्रमा दुई संस्थाबीच प्रदर्शन र निर्माणलाई लिएर विगतमा भएका सहमतिबारे प्रश्न उठाइएको छ । खड्काले आफ्नो फिल्मलाई प्राइम टाइममा शो नदिएर हेपाहा प्रवृत्ति देखाइएको भन्दै उजुरीमा के कति कारणले फिल्मलाई पाखा लगाइयो भनेर प्रश्न गरेका छन् । उनले निर्माताले भोगेका समस्याको संस्थागतरुपमा समाधान गर्नुपर्ने माग राखेका छन् । उनले काठमाडौं उपत्यकाका प्रदर्शकले अमर्यादित ढंगले अव्यावसायिकता प्रदर्शन गरेको आरोप पनि लगाएका छन् ।
शुक्रबार फिल्मले अपेक्षित बक्स अफिस कलेक्सन गरेपनि शनिबार शो नदिइएको उल्लेख गर्दै उनले धरानमा एक शो पनि नदिएको गुनासो गरेका छन् । एक वर्षअघि नै सेन्सर गरिएको फिल्ममाथि अर्को जुधाउन ल्याएर प्रहार गर्ने काम भएको गुनासो पनि उनको छ । आफ्नो निर्माण कम्पनी सामना फिल्म्स प्रालिको तर्फबाट खड्काले उजुरी दर्ता गरेका हुन् । उनी चलचित्र निर्माता संघका वर्तमान अध्यक्ष समेत हुन् ।
‘काँडेतार’ फिल्मका निर्देशक तथा निर्माता नवल खड्काले चलचित्र संघ र चलचित्र निर्माता संघमा दिएको उजुरी :

प्रतिक्रियाहरु