महासचिव विप्लव सी स्याउको बिरुवा रोप्न ब्यस्त

२०८० फाल्गुन २६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी आज विहान ८ बजेबाट नै स्याउका बिरुवा रोप्ने कार्यमा जुटेको छन् । जुम्लाको हिमा गाउँपालिकाको वडा नम्वर ७ हाडुल्लेमा शुक्रवार एक कार्यक्रमका बिच स्याउ रोपणको उद्घाटन गरेका महासचिव विप्लव सी आज बिहानैदेखि स्याउका बिरुवा रोप्नमा व्यस्त भएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी,आत्मनिर्भर नेता कार्यकता र आत्मनिर्भर जनताको नारा अगाडि बढाएसंगै देशभर उत्पादनको काममा जुटेको छ । नेकपाले गत बर्ष देखि तराईका जिल्लाहरुमा धान,तोरी र तरकारी उत्पादन गर्दै आएको छ भने पहाडी तथा हिमाली जिल्लाहरुमा फलफुल तथा जडिबुटी उत्पादन गर्ने योजना अनुरुप जुम्लाको हाडुल्लेमा स्याउ रोपिरेहेको बताएको छ ।
महासचिव विप्लव सी नै स्याउको बिरुवा रोप्ने कार्यमा व्यस्त देखिदा जुम्ली जनता भने निकै खुसी देखिएका छन । महासचिव विप्लव सीसंग पार्टीका स्थायी समिति सदस्य भरत सी,पोलिट व्यूरो सदस्य आदर्श सी,असल सी केन्द्रीय सदस्यहरु स्याउका बिरुवा रोप्ने कार्यमा लागेका छन ।

प्रतिक्रियाहरु