‘नेपाली विशेषताको समाजवादको विकल्प छैन ‘

२०८० फाल्गुन २५ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवादको विकल्प नभएको ठोकुवा गरेका छन। स्याउको बिरुवा रोप्ने अभियानका लागि बिहिबार साँझ जुम्लाको धाचुगाँउ पुगेका महासचिव विप्लव सी ले स्वागत पछिको कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सो ठोकुवा गरेका हुन्। उनले अहिलेको व्यवस्था अस्थिर भएको भन्दै देशलाई स्थिरता तिर लिन नेपाली विषेशताको समाजवाद विना अर्को विकल्प नभएको बताए ।
यसैगरी, महासचिव विप्लव सीले अहिलेको व्यवस्थाको कानुन जनताको हितमा नभएको र अव जनताको हितमा फर्काउनु पर्ने बताए ।
उनले कानुनी कुरा देखाएर राज्यले स्याउको बिरुवासम्म सहयोग नगरेको गुनासो गर्दै भने- ‘६० हजारको स्याउको बिरुवा जुम्लाको लागि छ, हामीले स्याउ रोप्नु पर्ने भएकोले सरकारसँग स्याउका बिरुवा मागेका थियौं, तर राज्यले कानुनी कुरामा देखाएर कानुनी कुरामा अल्झाएर सहयोग गरेनन् ।’
उनले कानुन कसका लागि हो ? केही गर्छौं भन्नेहरूको लागि सहयोग गर्ने कानुन हो की अप्ठ्यारो पार्ने कानुन हो ? भन्ने प्रष गर्दै भने, ‘प्रधानमन्त्री, सचिव, मुख्यमन्त्री सँग पनि कुरा राम्रै भए, तर अन्तिममा आएर कानुनी कुरा देखाएर स्याउको बिरुवा सहयोग भएन् ।’
उनले पार्टीले जतिसक्दो आफ्नो बलबुतामा जुम्लामा एक हजार र कालिकोटमा पाँच सय स्याउको विरूवा रोप्ने तयारी गरेको र सुक्रवारबाट रोपिने बताए ।
यक्त स्याउको बिरुवा रोप्ने कार्यक्रममा महासचिव विप्लव सी , स्थायी समिति सदस्य भरत सी, पोलिटब्युरो सदस्य आदर्श सी, असल सी, केन्द्रीय सदस्य लगायतका नेता कार्यकर्ताहरूको सहभागीता रहने छ ।

प्रतिक्रियाहरु