शहिद रतन दाहालको स्मृतिमा

शंकर दाहाल २०८० जेष्ठ १४ गते, आईतवार



ए शहिद तिम्रो सपना अहिले पनि अधुरो अपुरो छ।
त्यो कुरा तिमिलाइ थाहाँ छैन होला
हिजो तिमीले गरेको बलिदानलाई भजाएर ,
आत्मसमर्पणबादी , धोकेबाज नेताहरुले देश चलाई रहेका छन ।
ए ,शहिद अहिले तिम्रो सम्झनामा
वर्षको एकदिन भएपनि शहिद दिवस मनाई
तिम्रो तस्बिरमा माल्यार्पण गर्ने गरिएको छ ।
अहिले मेलपात जाँदा ,वजार घुम्न जाँदा, घरायसी, झगडामा मुत्यु हुदाँ
शहिद हुने अवसर पाएका छन
अहिले शहिदको कुनै कमि छैन ।
ए, शहिद यहाँ गणतन्त्र, लोकतन्त्र,संस्थागत नभएपनि
नेताहरुको व्यत्तिगत विकास भने मजाले भएको छ।

ए, शहिद ,तिमि ढूक्क भए हुन्छ ।
हिजो तिमिले आन्दोलनमा खाएको गोलि खेर गएको छैन ।
तिमिले आन्दोलनमा बगाएको रगत खेर गएको छैन ।
ए शहिद ,तिमि ढुक्क भए हुन्छ ।
गद्दारहरुले आत्मसमर्पण, गरेर पतन भएर गए पनि
हामि तिम्रो सपना पुरा गरेर छोड्ने छौ।
तिमि ढुक्क भए हुन्छ ।
एकिकृत जनक्रान्ति अगाडि बढ्दै छ
तिम्रो सपना अबश्य पुरा हुन्छ

प्रतिक्रियाहरु