क्रान्तिकारी कम्युनिस्टलाई सिध्याउन देशी- बिदेशी दलाल सक्रिय ( भिडियोसहित )

२०७९ चैत्र १ गते, बुधबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालका क्रान्तिकारी कम्युनिस्टलाई सिध्याउन देशी- बिदेशी दलाल सक्रिय रहेको ठोकुवा गर्दै त्यसलाई चिर्न र त्यसबिरुद्ध संघर्ष गर्नु नेपालका क्रान्तिकारी कम्युनिस्टका लागि अहम् बिषय भएको बताए । प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीबीच पार्टी एकतासम्वन्धी संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
उनले जनताको पार्टी र जनताको नेताले आफुलाई ठिक ढंगले नसोच्दा देश र जनतालाई ठूलो मार परेको बताए ।
प्रवक्ता प्रकाण्ड सीले महान र इतिहासका निर्माता जनता नै भएको उल्लेख गर्दै देश र जनताको पार्टी र नेता बन्न नसक्दा ठूल-ठूला आन्दोलन र जनसंघर्ष हुँदा समेत पूर्णउपल्धि हासिल हुन् नसकेको भन्दै जनता पुन : संघर्षमा उत्रन बाध्य भएको बताए । उनले उनले नेपालका क्रान्तिकारी कम्युनिस्टलगायत तमाम प्रगतिशील र लोकतन्त्रवादीहरुलाई समेत समेटेर क्रान्ति सम्पन्न गर्ने ठोकुवा गरे।

उक्त पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीलेनेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीले जारी गरेको संयुक्त प्रेस बिज्ञप्ति बाचन गरेका थिए । जुन यस प्रकार रहेको छ – ‘हामी नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी(माओवादी समाजवादी) आउँदो पार्टी स्थापना दिवसमा एकता सम्पन्न गर्ने निर्णयमा पुगेका छौं । उक्त सुखद एवं ऐतिहासिक निर्णय जानकारी दिन प्रेश वक्तव्य जारी गर्दछौं । साम्यवादी मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद—लेनिनवाद—माओवाद, वैज्ञानिक समाजवादी क्रान्ति, वैज्ञानिक समाजवादी व्यवस्था, वैज्ञानिक समाजवाद—साम्यवाद, अन्तराष्ट्रिय सर्वहारावाद, क्रान्तिकारी कम्युनिस्टहरु बीचको एकता जस्ता आधारभुत विषयमा हामी दुई पार्टीको दृष्टिकोण समान रहदै आएको थियो र छ । हाम्रा बीचमा एकता हुनु पर्छ भन्ने सोचका साथ विभिन्न स्तरमा छलफल बहस आएको पनि जानकारी नै छ । पार्टी बाहिरबाट हाम्रा शुभचिन्तक र समर्थकले क्रान्तिकारीहरु पार्टीहरु जति सक्यो छिटो एकताबद्ध हुनु पर्छ भनेर सुझावहरु दिनु भएको पनि छ ।
देशको संकट र त्यसको अग्रगामी एवं क्रान्तिकारी निकासको संभावनाले पनि क्रान्तिकारीहरुलाई एकतामा बढन प्रेरित गरिरहेको छ । यि र यस्ता कारणले हामी एकतामा पुग्ने निर्णय लिन सफल भएका छौं ।
हाम्रा आँखा सामु असफल, संकटग्रस्त दलाल पुजीवादी सत्ता र संसदीय व्यवस्थाको स्वेच्छाचारी शासन चलिरहेको छ । मुठ्ठीभर दलाल पुजीपतिवर्ग बाहेक सारा नेपाली जनताको जीवन कष्टकर छ । मिटर व्याज, लघूवित्त, धेरै जसो वित्तीय सहकारी र बैंकका चर्को ब्याजले गरीब किसान, विभिन्न व्यापार व्यवसायी, मध्यमवर्ग र राष्ट्रिय उद्योग व्यवसायीहरु संकटमा पर्दै गएका छन् । कैयौं ऋणीहरुले आत्महत्या
गरिरहेका छन् भने कैयौैं घरवास छोडेर हिड्न विवस छन् । सारा युवापुस्ता विदेशीएको छ । महिला र श्रमिक समुदायमाथि विभन्न खाले हिंसा जारी छन् । गौरवपूर्ण जनयुद्धलाई अपराधीकरण गरिदै छ । शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्र अस्तव्यस्त छन् ।
भूमण्डलीकृत अमेरिकी साम्राज्यवाद नेपाललाई नवउपनिवेश बनाउन हस्तक्षेप गरिरहेको छ । अपसोच राज्य र संसद्वादी दलहरु भने सरकार, मन्त्री, कुर्ची र पैसाकालागि दिनरात लुछाचुडी गरिरहेका छन् । विदेशी मालिकसँग राष्ट्रघाति साठगाँठ गरिरहेका छन् । हामी क्रान्तिकारीहरुको साझा विचार छकि यि सारा समस्याको समाधान संसदीय व्यवस्थाबाट संसदीय व्यवस्थामा घुमाउने राजनैतिक चक्रबाट संभव छैन । यसको सही समाधान वैज्ञानिक समाजवादी क्रान्ति र वैज्ञानिक राज्य सत्ताव्यवस्थाबाट मात्र संभव छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस हामी कम्युनिस्ट र श्रमिक जनताका लागि सर्वश्रेष्ठ दिन हो । सोही दिवसको अवसरमा हामी दुई पार्टीले एकता सम्पन्न गर्ने निर्णय गर्नु ज्यादै खुशी र उत्साहको विषय बनेको छ । हाम्रो विश्वास छकि क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका पार्टीहरुसँग पनि एकताका लागि छलफल जारी रहने छ र संभव
रहेसम्म एकताबद्ध गन्दै गइने छ ।
अन्तमा नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी)को सुस्पष्ट विचार छकि नेपालमा दलाल पुजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्न , नेपाली जनताको संमृद्ध जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माण गर्न बाहेक हामीसँग कुनै स्वार्थ छैन । हामी हाम्रो लक्ष्य र विचारप्रति सदैब समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं । ‘

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु