नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

२०७९ माघ २२ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा देशको गम्भीर राजनीतिक अवस्था र जनताको जटिल समस्याको बारेमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा क्रान्ति र परिवर्तनका आन्दोलनबिरुद्ध भै राखेका षड्यन्त्रका बिषयमा समेत गम्भीर छलफल भएको र ति समस्या समाधान गर्न साझा पहल गर्ने सहमतिसमेत भएको बताइएको छ।
यसैगरी , उक्त भेटवार्तामा तीन बुंदे सहमति कार्यान्वयनलाई निष्कर्षमा पुर्याउन नेकपाका नेतामाथि लगाइएका मुद्दा तत्काल खारेज गर्न र बन्दी नेता कार्यकर्ता तत्काल रिहा गर्ने बिषयमा समेत छलफल भएको बताइएको छ । भने सहिद , बेपता र घाइते योद्धाहरुको बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु