अचम्मको कारोबार

पुस्पा साउद ( प्राञ्जली ) २०७९ माघ २० गते, शुक्रबार

हेर त यहाँ कस्तो अचम्मको कारोबार हुँदैछ
हेर त मेरो देशमा कस्ताे अचम्मको व्यापार हुँदैछ
जित्तदै छन झुटका पासा थाप्पनेहरु
सत्त्यको यहाँ हार हुँदैछ ।
गर्यो जस्ले छल र कपट यहाँ
उसैको दुइदुनी चार हुँदैछ ।।
हेरत मेराे देशमा कस्ताे अचम्मको व्यापार हुँदैछ ।।

हेर त मेराे देशमा कस्ताे अचम्मको कारोबार हुँदैछ ।
लुटियो उनको चोली फरिया
वारपार हुँदैछ ।
च्यातियो पहिरन लुछियो अस्मिता पनि
जिवन उनकाे तारतार हुँदैछ ।
यो वेला पनी भिऊ र डलरको कसैलाई हतार हुँदैछ ।।
कठै यो वेला पनी कसैलाई भिउ र डलरको हतार हुँदै छ ।
हेर त मेराे देशमा यो कस्तो अचम्मको व्यापार हुँदैछ ।।

हेर त मेराे देशमा कस्ताे अचम्मको कारोबार हुँदैछ ।
चाह्यो मगरमछले गिद्धलाई घेर्न
मोहमा सिनोकै जस्को हार हुँदैछ ।
बिछ्याएर न्यायको चाधर
हेरे त आज उही सरकार हुँदैछ ।
हेर त आज फेरि उही सरकार हुँदैछ ।।
हेर त मेराे देशमा कस्ताे अचम्मको व्यापार हुँदैछ
हेर त मेराे देशमा कस्ताे अचम्मको कारोबार हुँदैछ ।।।

प्रतिक्रियाहरु