विश्वकप फुटबल: ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड भिड्दै

२०७९ मंसिर २३ गते, शुक्रबार

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजदेखि क्वाटर फाइनलका खेलहरु सुरू हुने भएका छन् । शुक्रबार राति क्वाटर फाइनलका दुई खेल हुने भएका हुन् । पहिलो खेल शुक्रबार राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच सुरू हुनेछ । ब्राजिलले राउण्ड अफ सिक्स्टीनमा दक्षिण कोरियालाई पराजित गरेकाे थियो । क्रोएरियाले भने जापानलाई पराजित गरेको थियो । अर्को क्वाटर फाइनल खेल भने शुक्रबार राति नै राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्डबीच हुने भएकाे छ । अर्जेन्टिनाले राउण्ड अफ सिक्स्टीनमा अष्ट्रेलियालाई पराजित गरेको थियो । नेदरल्याण्डले भने अमेरिकालाई पराजित गर्दै क्वाटर फाइनलमा आएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु