एसीसी प्रिमियर कप : नेपाल सेमिफाइनल यात्रामा

२०८१ बैशाख ४ गते, मंगलवार


काठमाडौँ । एसीसी प्रिमियर कप २०२४ मा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ । ओमानमा जारी कपमा नेपालको यो लगातार तेस्रो जित हो । समुह ए बाट खेलेको नेपालले ३ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा पुगेको छ । अब समूह चरणको अन्तिम खेल बुधबार नेपालले साउदी अरेबियासँग खेल्नेछ ।
हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमै लक्ष्य पूरा गरेको हो । नेपालले जम्मा २ विकेट गुमाउँदै हङकङमाथि ८ विकेटको जित हासिल गरेको हो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालका लागि ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए भने कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । यस्तै रोहित पौडेलले २५ रन जोडे भने सन्दीप जोराले १९ रन बनाएका थिए ।
१० टोली सहभागी प्रिमियर कपमा साउदी अरेबिया, मलेसिया र हङकङको समान २ अंक छ । नेपालले सोमबार हङकङकलाई पराजित गरेसँगै सेमिफाइनल यात्रा पक्का गरेको छ भने हङकङको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ।

प्रतिक्रियाहरु