विश्वकप फुटबल : मोरक्को र स्पेन ,पोर्चुगल र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुँदै

२०७९ मंसिर २० गते, मंगलवार

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । मोरक्को समूह ’एफ’ को विजेता र स्पेन समूह ’ई’ को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका थिए । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रि–क्वाटरफाइनलको अन्तिम खेलको रुपमा रहेको यो खेल राति पौने १ मा हुनेछ ।
पोर्चुगल समूह ’एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ’जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु