फ्रान्स विश्वकपको नकआउट चरणमा

२०७९ मंसिर ११ गते, आईतवार

काठमाडौं । फिफा विश्वकप २०२२ मा साविक विजेता फ्रान्स समूह चरणको एक खेल नखेल्दै नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार बेलुका डेनमार्कलाई २–१ ले पराजित गरेसँगै फ्रान्स नकआउट चरण प्रवेश गरेको हो । फ्रान्सले समूह चरणको अन्तिम खेल ट्युनिसियासँग खेल्न बाँकी छ । तर, यो खेल हारेको खण्डमा पनि फ्रान्स नकआउट चरण पुग्नेछ । फ्रान्सले यसअघि नै २ खेल जितिसकेकोले उसले ६ अंक जोडिसकेको छ । अब ट्युनिसियासँग जतिसुकै गोल अन्तरले हारे पनि फ्रान्स तेस्रो हुने सम्भावना छैन । किनकि अब यो समूहमा ६ अंक पुग्ने सम्भावना अस्ट्रेलियासँग मात्र छ । यो समूहमा अर्को खेल डेनमार्क र अस्ट्रेलियाबीच हुनेछ । र, यो खेल जोसुकैले जिते वा बराबरी भए पनि फ्रान्सको नकआउट यात्रा रोकिने छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु