विश्वकप : आज चार खेल हुँदै

२०७९ मंसिर ८ गते, बिहीबार

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेका स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, साँझ पौने ७ बजे सुरु हुने दोस्रो खेलमा समूह ‘एच’ मा रहेका उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।
विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा समूह ‘एच’ मा रहेका पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । त्यस्तै बिहीबार हुने चौथो खेलमा समूह ‘जी’ मा रहेका उपाधि दाबेदार ब्राजिल र सर्बियाबीच राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु