जनयुद्धः भुइँमान्छेको शीतल चौतारी

शोभा दुलाल २०७९ आश्विन ११ गते, मंगलवार

शोभा दुलाल

जनयुद्धको १० वर्ष भनेको उत्पीडित जनसमुदाय, लैङ्गिक विभेद, उत्पीडित क्षेत्र सबैका लागि सुनौलो समय थियो । सबैखाले उत्पीडकहरूको भने कालो युगजस्तो भएको थियो । घरमा महिला हिंसा हुन थाल्यो भने पीडित महिलाहरू ‘माओवादीलाई भन्दिन्छु । पख ! उनीहरू आऊन् मात्र’ भन्दै जँड्याहा, स्वास्नी कुट्ने, जुवातास खेलेर घरपरिवारलाई दुःख दिने पुरुषलाई धम्क्याउँथे । हुन पनि जतिबेला जहाँजहाँ माओवादी आन्दोलन घनीभूत रूपमा फैलिएको थियो, त्यहाँत्यहाँ माओवादीका केही न केही कार्यक्रमहरू भई नै रहेका हुन्थे । त्यतिबेला कसैले आपूmमाथि अन्याय परेको कुरा आएर कुनै माओवादी सदस्यलाई मौखिक रूपमै उजुरी ग¥यो भने वा उजुरी नै नगरे पनि माओवादी टोलीका कुनै सदस्यले चाल पाए भने दुवै पक्षसँग उनीहरूको घरमै पुगेर कसले अन्याय गरेको हो उसलाई दण्ड, कसलाई अन्याय परेको हो उसलाई न्याय दिने काम हुने गथ्र्यो । त्यसले गर्दा कतिपय पीडितहरू माओवादी कार्यकर्ता बनेर पार्टीको काम गर्न सँगै टोलीमा हिँड्थे । कोही खुसी हुने, धन्यवाद दिने गर्थे । त्यसैले कुनै अन्याय अत्याचार कसैले ग¥यो भने त्यसलाई सहेर बस्नु हुँदैन भन्ने चेतना ह्वात्तै बढेको थियो । कसैले कसैको अन्याय सहन गर्ने जमानाको अब भने अन्त्य भइसकेको छ भन्दै गाउँका पाका–पुरानाहरू चियापसल र चौतारामा जम्मा हुँदा छलफल गर्ने भइसकेका थिए । त्यसपछि गाउँमा दिनभरि घरमा भात खाएर चौर, सार्वजनिक भवन वा कुनै पसलमा तास खेलेर दिन बिताउने तर घरको कामकाजमा कुनै सहयोग नगर्ने अल्छी पुरुषहरूको झुण्डलाई उनीहरूले खेलिरहेको तास उनीहरूलाई नै खान लगाएर कारबाही गरेपछि गाउँमा तास खेल्नेहरूको अखडा बन्द भएको थियो । त्यसैगरी रक्सी भट्टीहरूलाई पनि कतिलाई सम्झाइबुझाइ गरेर, नमान्नेलाई रक्सीका भाँडाहरू फुटाइदिने, रक्सी फालिदिने गरेपछि माओवादीले अब रक्सी बेच्न दिँदैन, खान पनि दिँदैन कारबाही गर्छ भन्ने आमजनमानसमा परेको अवस्थामा जनसमर्थनसमेत राम्रो पाएको थियो ।

रक्सी खाएर घरमा सधैँ अशान्ति खप्नुपर्ने घरका सदस्य त यसै खुसी हुने नै भए, उसले गर्दा उसका छिमेकीले समेत जुन अशान्त वातावरण खेप्नुपथ्र्यो त्यो सबै बन्द हुँदा उनीहरूसमेत दङ्ग पर्थे । माओवादीले यस्तो राम्रो गरिदिएको छ, हामीले पनि सहयोग गर्नुपर्छ है उनीहरूलाई ! भन्ने भावना विकास भयो । छोइछिटो ग¥यो भने अब कथित दलितहरूले उजुरी गरेमा कारबाहीमा परिने डरले छोइछिटो पनि प्रत्यक्ष रूपमा नहुने भयो । कतिपयले डरले छोडेका थिए भने कतिले साँच्चै छोइछिटो गर्नु गलत नै रहेछ भनेर समेत छोडेका हुन्थे । सिन्धुपाल्चोक जिल्लाको कुनै एक गाउँको घटना हो, एक दिन माओवादी टोली एकजना बाहुनको घरमा चोटामा बसेको रहेछ । त्यो टोलीमा एकजना दलित युवा पनि रहेछन् । उनका पिता छोरो भेट्न चोटामा जान खोज्दा रोकेछन् । घरवालाले दलित भएर जान दिएनन् । उनले ‘मेरो छोरोचाहिँ चोटामा बस्न हुने, म किन नहुने बाजे ?’ भनेछन् । ‘तेरो छोरो त माओवादी भएर पो जान दिएको त !’ भनेछन् । अब उनीहरूलाई यो कुरा थाहा भइसकेको थियो, माओवादी पार्टीमा हिँड्नेहरू महिला, दलित, दुःख पाएका, समस्यामा परेका, अन्यायमा परेका सबैखाले मान्छेहरूको अभियान टोली नै माओवादीको समूहमा हुन्छन् भन्ने परेको थियो । त्यो टोलीले कुनै पनि बेला आफ्नो घरमा बास–खाना माग्न आएमा नाइँ–नास्ती गर्ने आँट उनीहरूको हुँदैनथ्यो । बास मागे भने बास भइहाल्यो । खानासहित हो भने कहिलेकहीँ घरमा अन्न छैन भने मात्र नखुवाउने एउटा चलन बसेको थियो । ठूलो टोली भयो भने एउटै घरमा मिलाएर बसे पनि खानाका लागि उही घरैपिच्छे बाँडिएर खाने चलन छँदै थियो । यसरी घरका समस्या, पिरमर्का, समाजका समस्यामा पिल्सिएका, महिला हिंसामा परेका पीडितहरू सबैको पीडा र दुःखहरू बिसाउने चौतारी माआोवादी पार्टी बनेको थियो । कसैले कुनै काम गर्ने मान्छेलाई काम गर्न लगाएबापत पाउनुपर्ने ज्याला माओवादी युद्धभन्दा पहिले मिलाएर दिनु न भन्नुपथ्र्यो, त्यो पनि सानो स्वरमा । त्यसमा पनि ३० रुपैयाँ जतिको काम गरेको छ भने १०–१५ रुपैयाँ मात्र दिन्थे । साहूहरूले कुनै ठूलै दान दिन लागेझैँ, दान दिएझैँ, त्यो पनि निहुरेर हजुूर, हस् गर्नुपर्ने अवस्था थियो । माओवादी दबदबा भएको क्षेत्रमा त यो काम गर भन्दा यति कामको ज्याला यति हो भनी आफ्नो श्रमको मूल्य ढुक्कले तोक्ने, सहमत भए गर्ने, नत्र नगर्ने गरीकन श्रमिक मजदुरहरूको मनोबल उच्च भएको थियो ।

माओवादीहरू गाउँबस्तीका यस्ता आफन्त भएका थिए, ‘गाउँलेहरू पानी, माओवादीहरू माछा’ जस्ता भइसकेका थिए । आफ्ना दुःख, पिरमर्का, अप्ठ्याराहरू माओवादीसँग साट्न कुनै असजिलो मान्दैनथे । उनीहरू बिरामी परेका छन्, अस्पताल जानुको सट्टामा माओवादीहरू आएपछि उनीहरूसँग भएका चिकित्सकसँग देखाएर मात्र जाउँला भनी पर्खेर बस्नेहरूसमेत हुन्थे । हामीसँग चिकित्सकै त के हुनु सामान्य स्वास्थ्यसम्बन्धी जानकार मान्छे हुन्थे । उनीहरूले आधारभूत औषधीहरू जस्तै, सिटामोल, एस्प्रिन, खोकीका औषधी, जीवनजल जुन स्वास्थ्यचौकीहरूमा सजिलै पाइन्थ्यो । उनीहरू स्वास्थ्यचौकीको पटक्कै विश्वास नगर्ने हामी भने स्वास्थ्यचौकी गएर वा त्यही बाटो हिँड्नुपर्दा त्यहाँ भएका औषधीहरू अलिअलि बोकेर हिँड्ने गथ्र्यौँ । त्यो पहिलो त सधैँ हिँडिरहनु पर्दा हामी आफैँलाई त्यसले ठूलो राहत दिन्थ्यो । अर्को हामी जहाँ पुगेका छौँ त्यहाँका जनतासँग एकैछिन भए पनि भलाकुसारी गरेर बसिन्थ्यो । त्यसपछि कोही बिरामी छ भने बिमारको लक्षणहरू सोधेर हामीसँग भएको औषधी उनीहरूलाई पनि दिन परिहाल्यो, दिन्थ्यौँ । त्यसो गर्दागर्दै उनीहरूलाई बानी नै परेको थियो, हामी आएपछि औषधी पाइहालिन्छ । बिसेक भइहाल्छ । किन नभएको पैसा खर्च गरेर टाढा जाने ? भन्ने हुँदोरहेछ । एकपटक हामी बजारको स्वास्थ्यचौकीबाट ७–८ घन्टाको पैदल हिँड्नुपर्ने एउटा गाउँमा पुग्यौँ । त्यहाँ तीनचारजना मान्छे ज्वरो, रुघाखोकीले थलै परेर बसेका रहेछन् । त्यतिखेरै हामीसँग औषधीहरू सकिएको बेला परेको थियो । सबैजनाले आआफ्नो झोला खोतलखातल पार्दा नौदसवटा सिटामोल मात्र रहेछ । हाम्रो अनुमानमा उनीहरूलाई निमोनिया वा टाइफाइड पनि हुन सक्थ्यो । उनीहरूलाई यसो हातले छाम्दा अनुमानित एक सय ४ जति ज्वरो हुँदो हो । उनीहरूले दुईतीन दिनदेखि खाना खानसमेत नसकेको कुरा थाहा भयो । हामीले गर्नसक्ने केही थिएन । हामीले उनीहरूलाई नुन हालेर तातोपानी उमालेर खानु अनि यो औषधी खाना केही खाएर मात्र खानु । यसले काम गरेन भने स्वास्थ्यचौकी गएर जाँचेर औषधी खानुहोला भन्यौँ । भोलिपल्ट हामी हिँड्यौँ । त्यसपछि हामी लामो समयपछि त्यहाँ पुग्दा त उनीहरू हामीलाई चिकित्सक सम्झँदै तपाईंंहरूको औषधीले एक्कै मात्रामा कम भयो । दुई–तीन मात्रा खानासाथ बिसेक भयो । कस्तो राम्रो औषधी बोकेर हिँड्नुहुँदो रहेछ भन्दै अरू बिरामीहरू हामीलाई भेट्न, औषधी लिन पो आइरहेका थिए । हामी चिकित्सक होइनौँ । हामीसँग भएको औषधी तपाईंंहरूलाई दिएका हौँ भन्दा पनि ‘त्यस्तो छिटो त अस्पतालै गएर औषधी ल्याएर खाए पनि बिसेक हुने थिएन होला’ भने । उनीहरूको सोझो बुझाइ के थियो भने माओवादीहरू एकदम राम्रो औषधी बोकेर हिँड्छन् । त्यसैले छिट्टै र थोरै औषधीले नै बिमार सन्चो भइहाल्छ भन्ने थियो । हामी भने एकदम राम्रो त के किन्ने पनि होइन, उही स्वास्थ्यचौकीमा पाउने निःशुल्क औषधी झोलाको एउटा कुनामा हालेर हिँड्ने गरिन्थ्यो । सामान्य ज्वरो, रुघा, पेट दुखेकोलाई एमजिटजस्ता औषधी, साइनेक्स, ब्रुफिनहरू बोकेर हिँड्ने । आवश्यक पर्दा आपूmहरू प्रयोग गर्ने र बिरामी जनता भेटेमा उनीहरूलाई पनि दिने हाम्रो दैनिकी नै थियो । त्यसैले हाम्रा ठूला–ठूला केन्द्रीकृत कार्यक्रम हुने स्थलहरूमा पछिपछि त बिरामीहरूको लाम लाग्ने गथ्र्यो किनभने त्यहाँचाहिँ अ.हे.व. र उनीहरूको सिङ्गै स्वास्थ्य टोली हुन्थ्यो । उनीहरूसँग प्रायः सामान्य रोगका औषधीहरू पर्याप्त मात्रामा नै हुने भइहाल्यो । कहिलेकहीँ त हाम्रो कार्यक्रम स्थल हो कि स्वास्थ्य शिविर हो ? जस्तो लाग्ने गथ्र्यो । यसरी माओवादी जनयुद्धका अभियन्ताहरूले जनताका मनमस्तिष्कमा मात्र गहिरो प्रभाव पारेका थिएनन्, उनीहरूको दुःखमा, अप्ठ्यारोमा साथसहयोग दिँदै स्वास्थ्यको क्षेत्रमा समेत गहिरोे छाप छोड्न सफलता हासिल गरेका थिए । उनीहरू छलफलहरूमा भन्थे पनि, माओवादी यस्तो जनप्रिय भएको छ, यसले चाहेको कुरा पुग्छ । जनताका सुदिन ल्याएर मात्र माओवादीले आफ्नो अभियानको अन्त्य गर्छ भन्ने गर्थे । उनीहरू सधैँ शुभकामनासमेत दिने गर्थे । बुढापाकाहरू भने ‘के गर्नु, राम्रो काम गर्दै हिँडेका छौ, जनताकै सुबिस्ताका लागि आफ्नो घर, परिवार, गाउँ सबै छोडेर हिँडेका छौ, ज्यानको समेत माया मारेर । हाम्रो आशीर्वाद सधैँ तिमीहरूको साथमा छ । जितेरै छोड्नू’ भन्थे । त्यतिभन्दा मात्र पनि हामीलाई भने आफ्ना बा, हजुरबा, आमाको सम्झना आउँथ्यो । त्यसैत्यसै भावुक हुन पुगिन्थ्यो । घरको कुनै सदस्य माओवादी बनेको छ भने त्यो घरका अरू परिवारलाई पनि प्रशासनले आँखाको कसिङ्गर मान्थ्यो । त्यसपछि घरमा पटकपटक छापामार्नु, बूढा, बिरामी सदस्यहरूलाईसम्म कुटपिट गर्नु, केरकार गरेर धम्क्याउनु आम दिनचर्या नै थियो । कहिले छापामार्दा सामानहरू भद्रगोल बनाउने, फुटाउने पनि गर्थे । माओवादीमा लागेको सदस्य नभेटेको झोकमा घरमा किशोर, किशोरी वा तरुनी–तन्नेरी कोही छ भने उसैलाई भए पनि कब्जामा लिने, यातना दिने, बलात्कार गर्ने, हत्यासम्म गर्ने हर्कत सरकारी पक्षबाट निरन्तर हुन थालेपछि त्यो सुनेर जो विद्यालय, कलेज पढ्दै गरेका थप तन्नेरी सदस्यहरू हुन्थे उनीहरू पनि अन्ततः त्यो निर्णयमा पुग्न बाध्य हुन्थे– आपूm नलाग्दै यातना, हत्या आदि झेल्नुपर्छ भने लागेरै किन नझेल्ने भनेर माओवादीमा आश्रय लिन आइपुग्थे । यसरी आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको थियो । त्यही क्रममा एकजना माझी केटा माझी गाउँमा हाम्रो टोली पुगेको बेला हाम्रा राम्रा कामहरू सुनेर, प्रभावित भइबसेको अनि आपूmलाई पनि त्यस्तै बन्न मन लागिरहेकाले ‘म पनि तपाईंंहरूसँगै जान्छु’ भन्दै पछि लागेर आए । उनी पन्ध्रसोह्र वर्षजतिका थिए । त्यसैले उनलाई घरै फर्काउन हामीले धेरै प्रयत्न ग¥यौँ । उनी भने हामीसँगै हिँडिरहे । ‘जे काम सक्छु त्यही गर्छु तर फर्केर जान्नँ’ भन्थे । त्यसैगरी अर्को एकजना राई (दनुवार) केटा हाम्रो पछि लागेर आए । उनलाई पनि हामीले धेरैपटक फर्काउने कोसिस ग¥यौँ तर उनले मानेनन् । त्यसैले उनी हामीसँगै सिक्ने–सिकाउने, श्रमदान गर्ने कामहरू गर्दै हिँड्थे ।

माओवादी टोलीमा हिँड्ने प्रत्येक सदस्यहरूका लागि जुत्ता, झोला, फेर्ने कपडा, ब्रस, मन्जन आदिको व्यवस्था गर्ने, अन्न कम फल्ने गाउँहरूमा कार्यक्रम हुँदा बजारदेखि किनेर ल्याएर भए पनि सकेसम्म पेटभरि खाना खाने, खुवाउने गरिन्थ्यो । त्यो देखेर उनी झन् प्रभावित भएछन् । तिनै केटाकेटीलाई देखेर शाहीसेना र उसका मतियारले बालसेना प्रयोग गरेको हल्ला गर्थे ।

हामी सधैँजसो कहिले महिला, कहिले विद्यार्थी, कहिले आमगाउँलेहरू, कोही नभए पनि हामी आफैँ–आफैँ पनि विभिन्न विषयमा छलफल, बहस गरिरहने गथ्र्यौँ । त्यतिखेर मुख्यतः क्रान्तिका, परिवर्तनका, पुराना रीतिरिवाज–संस्कृतिले मान्छेको जीवनमा पारेको नकारात्मक असरहरूका विषयमा कुरा हुन्थ्यो । उनलाई पनि हामीले आफ्नो विचार राख्नुहोस् भन्यौँ । त्यसपछि उनले बडो उत्साहित हुँदै भने, ‘म आज १६ वर्ष पुगेँ । मैले थाहा पाएदेखि राम्रो, नफाटेको लुगा लगाउन पाएको थिइनँ । मलाई दाइको, बाको पुरानो लुगा काटेर मिलाएर दिएको मात्र थाहा छ । यहाँ आएपछि नयाँ लुगा लगाएको छु । घरमा हुँदा जुत्ता पनि लगाउन पाइनँ, त्यो पनि लगाएको छु । अनि हाम्रो घरमा पेटभरि भात खान सधैँ रहर हुन्थ्यो, पेटभरि भात खान पाएको छु । मलाई त यहीँ क्रान्ति पूरा भइसकेको जस्तो लाग्न थालेको छ ।’ हुन पनि हो मान्छेले जीवनमा न्यूनतम् आवश्यकतासमेत राम्रोसँग पूरा गर्न नसक्ने जीवन बाँचिरहेको छ भने उसका ती आवश्यकता पूरा हुनु भनेको त आमूल परिवर्तनबराबर नै थिए । उनले घुमाएर लामो कुरा गर्न जानिसकेका थिएनन् । किनकि उनी हाम्रो टोलीमा हिँडेको भर्खर सात–आठ महिनाजति मात्र भएको थियो । यहाँको काम सधैँ उनले घरमा गर्ने कामहरूभन्दा कम हुने, न्यूनतम् आवश्यकता भने सहजै पूरा हुने । त्यसो भएपछि अभावमा हुर्किन बाध्य बालबालिका हामीसँग हिँड्न साह्रै मन गर्थे ।

बिरामी परे भने, केटाकेटी अप्ठ्याराहरूमा हिँड्न सकेनन् भने के गर्ने होला भन्ने पिर लाग्ने । अझ सबैभन्दा ठूलो शङ्का र डरचाहिँ कोही दुस्मनको कब्जामा प¥यो भने उनीहरूको यातना कसरी सहला ? भन्ने ठूलो चिन्ता हुने गथ्र्यो । उनीहरू भने यति सहज रूपमा प्रस्तुत हुन्थे कि, त्यहाँ उही सुबिधैसुविद्या मात्र छ । खतराहरू केही पनि छैनझैँ गरेर भन्थे, ‘हामी दुःखमा जन्मेर, दुःखमा हुर्कँदै बढेको मान्छेलाई मर्न केको डर छ र ? हामी त घरमा पेटभरि खाना खानै नपाए पनि उही मर्ने नै हो । बरु हाम्रो अधिकारका लागि लड्ने मौका पाइएको छ, किन नलड्ने ?’ भन्दै छिटोछिटो माओवादीका तौरतरिका सिक्दै हिँड्न थाल्थे । ती र त्यस्ता कुराहरू उनी एक्लैको प्रश्न मात्र थिएनन् । नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने गरिब जनताको पाखो बारी मात्र हुने, त्यसमा मरितरी मेहनत गरेर बाली लगायो, बढीमा चार महिना नत्र तीन महिना मात्र धान्ने । त्यसपछि जङ्गलका कन्दमूल खानेहरू बजारतिर गएर ज्यालामजदुरी गरेर ल्याउन सके राम्ररी खाना र नाना पुग्ने नत्र अभावैअभावको जिन्दगी गुजार्न बाध्य हुन्थे । उनका बच्चाहरू पनि धेरै, विद्यालय पढाउन नसकिने । मान्छेको पहिलो आवश्यकता नै खाना हो, त्यसपछि बल्ल नाना आउँछ । त्यसभन्दा पनि पछि त शिक्षा आउने हो । सरकारले बालबालिका शिक्षाका लागि प्रेरित गर्न दिउँसो खाजाको व्यवस्था गरेको थियो । तर त्यो पर्याप्त नभएपछि र बिहानबेलुकीको छाक नपुगेपछि शिक्षाभन्दा भोकले जितेर विद्यालय छाडी काम खोज्न बाध्य बालबालिकाको बिसौनीको चौतारीसमेत माओवादी आन्दोलन थियो । कति काम लागेको ठाउँबाट आउँथे भने कतिचाहिँ सहरी क्षेत्र, परदेशमा काम खोज्न जानुभन्दा माओवादीमै काम गरेर आफ्नो र आपूmजस्तै पीडित मान्छेहरूका लागि लाग्नुपर्छ भन्ने भावना उनीहरूमा पलाइरहेको थियो । त्यसैले कुनै पनि तप्काका मान्छे किन नहुन्, तत्कालीन सत्ताको पश्चगामी संरचनाले नसताइएका मान्छे भेट्न मुस्किल थियो । त्यही कारण नै थियो जसले गर्दा माओवादी आन्दोलन सबैको प्रिय बन्दै अघि बढ्दै थियो । जो देशमा राम्रो होस्, सबैले खान, लाउन, बस्न पाउनुपर्छ भन्ने असल सोच राख्थे उनीहरूलाई माओवादी मन पर्ने नै भइहाल्यो । जो त्यसको विपरीत विचार राख्थे, उनीहरू थोरै थिए । उनीहरू माओवादीको विरोध मात्र गर्दैनथे, सुराकी गरेर प्रशासन, प्रहरीलाई पोल लाउँदै हत्या गराउनसमेत पछि पर्दैनथे । यसरी विभिन्न उत्पीडित वर्गको शीतल चौतारीका रूपमा माओवादी जनयुद्ध स्थापित थियो ।

प्रतिक्रियाहरु