बहुमत झुण्ड कि छुचुन्द्राको ताँती ?

२०७९ आश्विन २ गते, आईतवार
अनिल शर्मा



६९ सदस्यीय केन्द्रीय समितिबाट पलायन भएका ११ जना व्यक्तिले आपूmहरुलाई बहुमत भन्दै हिडेका छन् । उनीहरुको दावी न त गणितले पुष्टि गर्दछ त वैचारिक हिसाबले नै पुष्टि गर्दछ । ती केवल फन्टुस र छुचुन्द्राको ताँती भएका छन् । हाम्रो पार्टीबाट निष्काशित भएका तीनै छुचुन्द्राको ताँतीको विषयमा १३ औँ पूर्ण–बैठकका निष्कर्षहरु र ९औं महाधिवेशनको विषयमा यहाँ संक्षिप्त चर्चा गरिनेछ ।
पार्टीको १२औं पूर्ण बैठक अगाडि नै नेत्रृत्व र पार्टीको विरुद्ध सार्वजनिक तथा सञ्चारमा अनेकथरी भ्रमहरु छरिएका थिए । त्यो दुश्मनको रणनीतिमा नेतृत्वकै कोही न कोही संलग्न हुनुपर्छ भन्ने आशंका थियो । दुश्मनको कठपुतली बनेर कुनै शकुनीले षड्यन्त्र गरिरहेको देखिन्थ्यो । घटनाक्रमहरुले त्यसलाई पुष्टि गरे । पार्टीको १३औं बैठकद्वारा पारित प्रस्तावमा त्यसलाई स्पष्ट पार्दै भनिएको छ, ‘सुदर्शनले दिएको अन्तर्वार्ता र पोखिएका अराजकतावादी सोचहरुले केन्द्रीय समितिका छलफललाई अत्यन्त अस्वस्थ प्रकारले बाहिर लैजाने प्रवृत्तिलाई नेतृत्व तहमा जोड्ने काम ग¥यो । यसले पार्टी बाहिरबाट चलिरहेका प्रतिक्रान्तिकारी हमलाहरु स्वस्पूmर्त चलेका हल्ला नभई पार्टीभित्रका अवसरवादीहरुसहितको गठजोडमा गरिएका योजनाबद्ध हमलाहरु हुन भन्ने पुष्टि भयो ।” स्थानीय तहको निर्वाचनको विषयमा पार्टीले एकमत (सर्वसम्मत) निर्णय गरेको थियो । तर आफैंसमेतले गरेको निर्णयलाई बङ्ग्याएर उत्तेजनात्मक मोलतोल (इमोसनल बार्गेनिङ्ग) गर्न पुगे । सो सम्बन्धमा पारित प्रस्ताव भन्छ, ‘तर सुदर्शन र कञ्चनले पार्टी संसद्वादमा गयो, नेतृत्व संसद्वादी भयो भन्दै पार्टी निर्णय विरुद्ध उभिने, कार्यकर्ता र जनतालाई भ्रमित र निरास पार्ने साथै दुश्मनलाई हतियार थमाइ दिने अन्तरघाती कार्यहरु गरे ।” १२औं बैठक र १३औं बैठकको बीचमा सचिवालयको बैठक बसेर पार्टीलाई पद्धतीगत रुपले सञ्चालन गर्ने तथ पार्टी एकता बचाउने सहमती भएको थियो तर बैठकबाट बाहिर निस्केर लगातार फुटवादी धन्दा जारी राखे । हदै उदारता र धैर्यता अपनाउँदा पनि एकता कायम गर्न सम्भव भएन । किनकी उनीहरु पार्टी विभाजन गर्ने निर्णयमा पुगिसकेका थिए । पारित प्रस्ताव सो सम्बन्धमा भन्छ, ‘तर सुदर्शन र कन्चनमा त्यसको एकरत्ति गम्भिरता र समबेदना देखापरेन । उनीहरुले निष्कर्षबाट विश्लेषण गर्ने विधि प्रयोग गरे अर्थात् पार्टीबाट जसरी पनि अलग हुने निष्कर्ष निकालेर तर्कहरु खोज्ने फुटवादी तरिकालाई लागू गरे । त्यसका लागि भ्रम छर्ने र क्रान्ति, पार्टी र नेत्रृत्वमाथि आक्रमण गर्ने तरिका प्रयोग गरे । जब नियत नै फुटाउने भइसकेपछि त्यहाँ विचार, सिद्धान्त, नीति, संयमताको कुनै महत्व रहँदैनथ्यो ।” पार्टीमा एक महिना पनि बहस नगरी, फरक मत दर्ता नगरी, कार्यनीतिको विषयमा सञ्चारमा कुण्ठा बमन गरेर फुटसम्म पुग्दै अराजनीतिक घटना विश्वमा बिरलै पाइन्छ । उनीहरुले १२औं बैठकमा नै महासचिवको प्रशंसा गरेका थिए । पार्टी स्थापित भएको व्याख्या गर्दै थिए । त्यसप्रकारको ख्रुश्चेव मार्का शैलीको विषयमा प्रस्ताव भन्छ, ‘राजनैतिक रुपले त्यो हद दर्जाको अबसरवाद हो । यसरी हेर्दा कार्यनीतिका विषयमा सङ्घर्ष देखिएजस्तो भए पनि यो मालेमावादलाई बुझ्ने, विश्व क्रान्ति र नेपाली क्रान्तिको विशेषतालाई बुझ्नेमा रहेको दृष्टिकोण र प्रवृत्तिकै लडाईं हो ।” … ….‘चुनाव केवल निमित्त कारण वा देखावटी कारण मात्र हो । अर्थात् ती सत्य कुरा होइनन् । भित्रि कारण भनेको सुदर्शन–कञ्चनमा वर्ग–सङ्घर्ष, क्रान्ति कार्यदिशा र यसको रणनीति र कार्यनीतिलाई बुझ्ने र प्रयोग गर्ने विषयमा रहेको खोट साथै त्यसबाट पैदा भएको आर्थिक एवं सङ्गठनात्मक विचलन हो । चुनावी कार्यनीतिकै कुरा गर्दा सुदर्शनले गत वर्षको चितवनमा भएको प्रशिक्षणपछि चुनावलाई उपयोग गर्न पनि सकिन्छ, सबै विकल्पको लागि तयार हुनुस् भनेर कार्यकर्तालाई प्रशिक्षण गरेको प्रष्टै छ । कञ्चनले त स्थानीय चुनावभन्दा पनि परको अर्थ राख्ने राष्ट्रपति प्रणालीलाई प्रस्ताव बनाउनुपर्छ भन्दै हिडेको ताजै छ ।” त्यसो भए छुचुन्द्राका ताँतीहरुको वास्तविकता के हो त ? केन्द्रीय समितिको १३ औं बैठकको प्रस्तावमा भनिएको छ, ‘यति विषय प्रष्ट हुँदाहुँदै पनि हाम्रो कार्यनीतिलाई संसदवादसँग जोड्नु भनेको आफ्नो विचलन र विषयान्तरण गर्ने अवसरवादी खेल मात्र हो ।” निर्वाचनको विषयमा आ–आफ्नो धारणा हुन्छन् नै । तर, नेत्रृत्व, पार्टी एकता र गुट निर्माण गरेर जाने पूmटवाद अर्कै विषय हो । कार्यकर्ता बहस, एकता र रुपान्तरण चाहने, नेताहरु अर्थात् सुदर्शन र कञ्चन फुटाउन चाहने अवस्था भयो । फुटवाद र दुश्मनका एजेण्टलाई मित्र देख्ने प्रवृत्ति दृष्टि–भ्रम थियो । प्रस्तावमा पूmटवादी तत्वहरुको सम्बन्धमा भनिएको छ, ‘विडम्बना चितवन प्रशिक्षणपछि कार्यकर्ताले संयमताको साथ कामहरु अगाडि बढाउन खोज्ने तर सचिवालयमा बसेका नेताले पार्टी निर्णय र नेत्रृत्वका विरुद्ध बाहिरका सञ्चारमाध्यममा तथानाम बोल्दै हिँड्नु र कार्यकर्तालाई पार्टी छोडेर अलग हुनुपर्छ भन्दै हिँड्नु भनेको तल्लोस्तरको अवसरवाद हो । कार्यकर्ताले पार्टी फुटाउनु हुँदैन, बहस गर्नुपर्छ भन्ने तर नेताहरुले आजै हिड्नुपर्छ, भोलि नै हिड्नुपर्छ भन्दै दुष्प्रचार गर्नु भनेको हद दर्जाको अराजकतावाद, गुटवाद र फुटवाद हो ।” पारित प्रस्तावमा सान्दर्भिक माओको महावाणी उदृत गरिएको छ । माओ भन्नुहुन्छ, ‘मान्छेहरुलाई पुँजीवादी पनि हुन दिनुस् । उनीहरुलाई हामीमाथि बहुलठ्ठी पाराले आक्रमण गर्न, सडकमा प्रदर्शन गर्न, हामीमाथि हात उठाउन दिनुस् । म यि सारा कुरा गर्न अनुमति दिन्छु । समाज सोचेभन्दा जटिल छ । त्यहाँ एउटा मत्र कम्युन, एउटा मात्र सियान, केन्द्रीय समितिको ग्रामिण विकास विभाग त्यस्तो छैन, जसलाई एकको दुईमा विभाजन गर्न सकिंदैन ।” माओले भन्नुभएझैं आजको जटिल विश्व परिस्थितिलाई बुझ्न नसक्ने मनुवाहरुको बकबास हो । जसलाई गरुण–पुराण वाचन गर्न आउँछ तर अर्थ थाहै हुन्न । ती गुरुहरुका रचनाको अर्थबोध गर्न नसक्ने तर वाचन मात्र गर्ने पण्डित हुन् । पारित प्रस्ताव भन्छ, ‘आत्मसमर्पणवादी, आत्मसुरक्षावादी, पछौटे, कायरहरुले प्रदर्शन गरेको नालायकिपन मात्र हो । जो जेलबाट तुरुन्ताका तुरुन्तै वार्ता गर्नुपर्छ भन्दै छट्पटाएको थियो । जो जेलमुक्त हुन नपाएकोमा दशथरी मान्छेहरुसँग गुहार माग्दै हिडेको थियो । जो आफ्नै छायाबाट आतङ्कित भएर तर्सिने अवस्था थियो । जसले एक महिना अगाडिसम्म नेत्रृत्व निष्कलंक र सर्वस्विकार्य तर्क गर्दथ्यो । तिनैले अनेकथरी शब्द प्रयोग गर्नु भनेको रजनैतिक, मानसिक विक्षिप्तता त होइन ? आशंका उत्पन्न गरेको छ । उनीहरुले आपूmलाई वामपंथी देखाउने जतिसुकै ढोङ् गरे पनि उनीहरुको नसा–नसामा दक्षिणपंथी अराजकतावादको विष बगेको छ ।” ११औं र १२औं बैठकसम्म कार्यदिशा सही र वैज्ञानिक रहेको भन्दै आएका सुदर्शन–कञ्चन नामधरी छुचुन्द्राका ताँतीहरु अचानक कार्यदिशाको विरुद्ध उत्रिएका छन् । पार्टी र नेत्रृत्वको विरोध गरेपछि कार्यदिशाको पनि विरोधमा उत्रिनुपर्ने बाध्यता उनीहरुमा छ । अर्कोतिर किरणको दैलोमा लम्पसार पर्न पनि त्यति गुन लगाउन उनीहरु बाध्य छन् ।
सुदर्शन र कञ्चन गुटको तौतर्फी असंगति र विरोधाभास छ । आठौं केन्द्रीय समितिको १३ औं बैठक भन्छ, ‘यी सृजनात्मकताका नसा सुकेका जडसूत्रवादीहरुले कति छिटो स्मरण–शक्ति गुमाउँछन् भने एमसीसी विरुद्धको सङ्घर्ष हुँदासम्म पनि कार्यदिशा एकदमै सही र वैज्ञानिक भएकाले हाम्रो पार्टी देशको वैकल्पिक शक्ति बन्न सफल भएको, जनताले भरोसा गर्ने पार्टी बनेको, नेत्रृत्व लोकप्रीय र स्थापित भएको भन्दै राष्ट्रपतिको चुनाव लड्नुपर्नेसम्मका धारणा राख्ने गर्थे ।” यदि कार्यदिशा ठिक लागेको थिएन भने यिनीहरु पार्टीमा किन आएका थिए त ? हामीले किरणसँग लामो सङ्घर्ष गर्दै शिवगढी भेला भइरहँदा कञ्चन भेला छोडेर किरणको पिवी बैठकमा विराजमान थिए । सुदर्शन त प्रचण्डले कारवाही गरेपछि भौंतारिदै धेरैपछि आएका हुन् । शिवगढी भेलासम्म पुग्दा क्रान्तिकारी धारा निर्माण भइसकेको थियो । शिवगढी भेलाको मर्मबोध नगर्ने तर छलफलपछि कार्यदिशा स्विकार गर्ने गरिएको सन्दर्भ गौंडो ढुकेर आक्रमण गने हो रहेछ ।
सुदर्शन–कञ्चन नामधारी छुचुन्दाले नेत्रृत्वमाथि अर्थवादी भएको आरोप लगाएका छन् । मजदुर आन्दोलनलाई राजनीतिक आन्दोलनबाट पृथक राख्न खोज्ने रुसी संशोधनवादलाई लेनिनले ‘अर्थवादी’ भन्नुभएको थियो । हाम्रो सन्दर्भमा त्यो बहसको गोरु बेचेको साइनो पनि छैन । उनीहरुको बबुरो चेतनाको विषयमा पारित प्रस्ताव भन्छ, ‘यी अराजकलाई शब्द चोर्न र भट्याउन मात्र आउँछ । तर यो शब्दको अर्थ के हो र कसका लागि प्रयोग हुन्छ भन्ने हेक्का राख्न पनि बिर्सन्छन् । … वास्तवमा यो मनोआतंक पनि हो । किनकि वास्तविक जुझारु अर्थवादभन्दा नि तल भ्रष्ट अर्थवादी त उनीहरुलाई मिल्ने शब्द हो । पार्टीमा चरम अर्थवाद या अर्थमा अपारदर्शिता एवं विचलन छ भने त्यो सुदर्शन–कञ्चनको गुटभित्र छ । उनीहरुसँग सङ्घर्षको सुरु नै यही कारणले भएको हो ।” सांसद हुन नपाएकोमा रोइकराइ गर्दै हिडेका सरमछाडा सुदर्शनले हामीलाई एमाले परस्त आरोप लगाएका छन् । त्यो आरोप उनीहरुलाई नै महङ्गो पर्नेछ । सो सम्बन्धमा प्रस्तावमा भनिएको छ, “प्रतिनिधि सभामा समानुपातिकको सांसद हुन नपाएकोमा ऋषि धमलाको क्लबमा रुँदै उफ्रिने, कुनै पनि सुविधामा टाउको घुसार्न तयार अवसरवादीलाई हाम्रोबारेमा यतिसम्मको निच र घृणित भ्रम प्रचार गर्न लाज लाग्नुपर्ने हो ।” उनीहरुले कार्यदिशा पनि हास्यापद छ । पार्टीको कार्यदिशाको एउटा शब्द थपेर, एउटा फालेर नयाँ कार्यदिशा हुन्छ ? कञ्चन–सुदर्शनको चितवन भेलाबाट पारित प्रस्ताव ‘जैसीको पात्रो’ जति पनि महत्वहीन, दिशाहीन छ । छुचुन्द्राका ताँतीको विश्लेषण गर्दै निष्कर्षमा भनिएको छ, “हाम्रो पार्टी र कार्यदिशाको उन्नती, प्रगति, लोकप्रियता र विस्वासबाट चिढिएका, हैरान भएका, मुरमुरिएका, विच्छिप्त भएका, दिमाग, खलबलिएका सारा साम्राज्यावादी, पुँजीवादी तत्वहरु एक भएर प्रहार गर्न आएका छन् । रुपमा पूmटवाद भित्रि समस्याजस्तो देखिए पनि यसमा सारा मौका कुरेर मार हान्न बसेका बैरीहरुको उत्तेजनात्मक हमलाको भूमिका छ ।” नेपाली क्रान्तिको गला रेट्न सुदर्शन–कञ्चनको बुई चढेर इनसाइड नेपाल ९क्ष्लकष्मभ ल्भउब०ि को नयाँ आयाम प्रकट भएको छ ।
सुदर्शन–कञ्चन प्रवृत्तिको कारण वैद्य समूह पनि अन्तरविरोधको नयाँ भूमरिमा फस्ने देखिंदैछ । स्थायी समितिमा एक्लै परेका किरण सुदर्शन–कञ्चनलाई ल्याएर सहारा खोज्दै छन् । रामसिंह–गौरवहरुले त्यो बुझ्ने नै भए । जसले सुदर्शनको नैतिक धरातलको प्रश्न उठाएका छन् । सुदर्शन–कञ्चनले भने ‘महाधिवेशनपछि गौरव र किरणलाई व्यवस्थापन गरेर नेत्रृत्व आफूहरुले लिने’ दिवा–स्वप्न बाँडेर कार्यकर्ता थेग्न खोज्दैछन् । आखिर छुचुन्द्राका ताँतीको गन्तव्य जुठेल्नासम्म त हो !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु