तीन बुँदे सहमति कार्यान्वयन नभए जनसंघर्षमार्फत प्रतिवाद !

२०७९ श्रावण २५ गते, बुधबार


काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयन नभए जनसंघर्षमार्फत प्रतिवाद गर्ने निर्णय लिएको बताइएको छ । सो पार्टीको केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा यही साउन २२ गतेदेखि २४ गतेसम्म बसेको बिशेष बैठकले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे संघर्षको बाटो अपनाउने निर्णय गरेको हो । उक्त बिशेष बैठकमा नेकपाले तीन बुँदे सहमति इमान्दारीपूर्वक लागू गरेको स्थितिमा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलगायत नेतामाथि जारी भएको पक्राउ पुर्जीको तीव्र भत्सर्ना गर्दै सरकारले तीन बुँदे सहमति बमोजिम सम्पूर्ण मुद्दाहरु खारेजी गरी बन्दी नेता कार्यकर्ताहरुलाई रिहा गर्नुको साटो उल्टै शिर्ष नेतृत्वलाई पक्राउ पुर्जी आदेश जारी गर्नुमा सरकारको षडयन्त्र र बदनियत रहेको निष्कर्ष निकालेको छ ।
बैठकले आफ्नो पार्टी तीन बुँदे सहमतिप्रति इमान्दार प्रतिबद्ध भएको भएको अवस्थामा सरकारले सो सहमति पूर्ण रुपले लागु गर्नुपर्ने, सहमति अनुसार तुरुन्त सम्पुर्ण मुद्दाहरु खारेज गरी सबै बन्दीहरु रिहा गर्नुपर्ने र त्यसका लागि आफ्नो पार्टी सरकारसँग आवश्यक संवादका लागि तयार रहने र सबै राजनीतिक पार्टी र शक्तिहरुसँग परामर्श गर्ने यदि सरकार तीन बुँदे सहमति कार्यान्वयन नगर्ने हो भने जनसंघर्षमार्फत प्रतिवाद गर्ने र संघर्षको बाटो अपनाउने निर्णय गरेको छ ।
बैठकले पक्राउ पुर्जी आदेशको विरुद्ध संसदमा आवाज उठाउने सबै साँसदहरु, विरोध व्यक्त गर्ने राजनीतिक पार्टी तथा नेतृत्वहरु, नागरिक अगुवा लगायत सबैलाई धन्यवादसमेत व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु