साफ यु-२० : भारत र बंगलादेश भिड्दै

२०७९ श्रावण २० गते, शुक्रबार

काठमाडौं । साफ यु-२० फुटबल प्रतियोगिताको उपाधि का लागि आज भारत र बंगलादेश भिड्दैछन् । खेल नेपाली समयअनुसार साँझ सवा सात बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ । प्रतियोगितामा अपराजित बंगलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।
बंगलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको थियो । भारत भने बंगलादेशसँग दुई–एक गोलले पराजित भएको थियो । आज भारत हारको बदला लिने अवसर रहेको छ भने बंगलादेश सोही परिणाम दोहोर्‍याउदै उपाधि उठाउने प्रयासमा हुनेछ । प्रतियोगितामा बंगलादेश, भारत, नेपाल, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेको थियो । सन् २०१९ मा भएको प्रतियोगितामा पनि फाइनलमा बंगलादेशलाई २–१ ले हराएर भारतले उपाधि जितेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु