झोला नै घर

२०७९ असार ६ गते, सोमबार

माओवादी पार्टीको सदस्य हुनु सरकारको नजरमा अपराधी हुनु, अझ आतङ्ककारी हुनु थियो । तर, त्यसको आकर्षण घट्नुको सट्टामा झन् धेरै बढेको थियो । सदस्य भएपछि वा सदस्य नै नभए पनि माओवादी पार्टीलार्ई सहयोग पुग्ने काम गर्नु भनेको आपराधिक काम गर्नु बराबर थियो । त्यसैले जोकोही माओवादी पार्टीको सिद्धान्त, कामबाट प्रभावित भएर त्यसैसँग जोडिएर काम गर्न थालेपछि ढिलोचाँडो मात्र हो सरकारका सेना, प्रहरीको फन्दामा कुनै पनि बेला पर्नसक्ने प्रबल सम्भावना थियो । यो थाहा हुँदाहुँदै पनि मानिसहरू बत्तीमा पुतली झुम्मिएझैँ झुम्मिन्थे । हुन पनि त्यतिखेरको माओवादी आन्दोलन भनेको शोषित, पीडित, गरिब, असहाय, बेरोजगार आदिको आशाको केन्द्रबिन्दु नै थियो । अमेरिकी कम्युनिस्ट नेता बब अभाकियनले भनेझैँ माओवादी पार्टी ‘आशाविहीनहरूको आशा’ थियो । जनविरोधी काम गर्ने स्थानीय स्तरका कर्मचारीदेखि बाटोघाटो कुरेर मान्छेहरूका गहना–पैसा लुट्ने डाँका, घरमा मान्छे नभएको बेला सुटुक्क पसेर घरका पुराना सामानहरू चोर्ने ससाना चोरहरूसमेत माओवादी भनेपछि थर्कमान हुन्थे । नहुन् पनि कसरी ! त्यत्रो सिङ्गै राज्यसत्तालार्ई चुनौती दिँदै युद्ध हाँकेको मात्र नभई त्यसलार्ई ६ महिना, वर्षदिनदेखि बढी टिकाउन सक्दैनन् भन्ने सतही विश्लेषण सबैलार्ई हावा खुवाउँदै ६–७ वर्ष जो पार गरिसकेको थियो । जनयुद्धले जसको छत्रछायाँमा सदिऔँदेखि चलिआएका, मानिआएका, त्यो नै अन्तिम सत्य ठानिआएका, जोजस्ता कट्टर मानकहरू थिए ती सबै एकपछि अर्को गर्दै निरन्तर भताभुङ्ग हुँदै थिए । त्यसलार्ई नै आफ्नो जीवनको सबै आदर्श मान्ने मान्छेहरू क्रमशः तिलमिलाउन थालेका थिए । जनयुद्ध सुरु गर्दा स्वयम् सुरु गर्नेहरूलार्ई समेत यति छिटो जनयुद्धले गति लेला भन्ने अनुमान थिएन होला । नेपालमा त के पाउनु ? भारतमा कुद्ने एक्सप्रेस रेलको गतिमा जनयुद्ध कुदिरहेको थियो । जब एउटा निरीह मान्छे जो समाज, घर, आफन्तबाट समेत तिरस्कार खेपेर, दुःखमा परेर अपमानित जीवन जिउन बाध्य पारिएकी कुनै चेली माओवादी पार्टीको सम्पर्कमा पुगेर उनीहरूबाट प्रशिक्षित हुने मौका पाउँथी, ऊ नयाँ जीवन पाएको अनुभव, अनुभूतिका साथ उत्साही हुँदै काममा सिक्ने–सिकाउने गर्दै अग्रमोर्चातिर आफ्ना पाइलाहरू सार्दथे । त्यस्ता महिला पात्रहरूमा एक किसिमका हुन्थे । घरमा छोराको आशामा भएका धेरै छोरीहरू, बाआमाका आम्दानीको भने खासै स्रोत ठूलो नभएको, मुस्किलले बिहानबेलुकी खानसमेत नपुग्ने अनि घरको आर्थिक समस्या समाधान गर्न नसकेको निहुँ बनाएर घरका आम्दानीकर्ता उनीहरूका बुबाचाहिँ भएको सीमित आम्दानी पनि रक्सीको कुलतमा परेर त्यो आपूm मात्र खर्च गर्ने, घरमा खर्च छैन भन्ने, दिनरात त्यसकै लागि झैझगडा भइरहने परिवारका छोरीहरू जसले पढ्ने मौका पाएका हुँदैनथे । तर पार्टीका मान्छेहरू आफ्नो गाउँघरमा आइपुगेका बेला उनीहरूको कार्यक्रम, उनीहरूसँग भएका कुराकानीबाट प्रभावित भएर आफ्नो घरपरिवारलार्ई थाहै नदिई सुटुक्कै भागेर माओवादी पार्टीका टोलीहरूसँगै जान्थे । उनीहरू पूर्णकालीन कार्यकर्ता बनेर काम गर्न थाल्थे । यसरी पार्टीको कार्यकर्ता बनिसकेपछि आफ्नो घरमा बसिरह्यो भने प्रशासनको कब्जामा पर्नसक्ने सम्भावना भइहाल्यो । उनीहरू कस्तो परिस्थितिबाट गुज्रिरहेका हुन्थे भने घरमा भन्दा पार्टीमा लाग्दा बढी सुरक्षित महसुस गर्थे । हुन पनि त्यस्ता पढ्नै नपाएका कार्यकर्तालार्ई पढ्न जानेका टोलीका साथीहरूले पढाउने, लेखाउने, तालिम दिने गरिहाल्थे । कतिपय किशोरकिशोरीहरू त घरमा बस्दा पढ्न नपाएकोले पार्टी टोलीसँग पढ्न पाइन्छ भनेरसमेत एउटा झोला बोकेर हिँड्थे । अर्कोथरीचाहिँ बालविवाह भएका, लोग्ने विदेश गएका अनि घरको आर्थिक अभावले उनीहरूमाथि चर्को श्रम गराउने तर खाना पेटभरि खान नदिने, त्यस्ता बुहारीहरू माओवादी टोलीका केही कुरा बुझेपछि घाँस काट्न हिँडेको डोकोनाम्लो झाडीतिर फालेर माओवादीसँग हिँड्थे । अब उनीहरू फर्केर ती सासूससुरा मात्र भएको घरमा जान सक्ने सम्भावना हुँदैनथ्यो । त्यसैले आपूmलार्ई चाहिने अत्यावश्यक सामानले भरिएको एउटा झोला नै उनीहरूको सम्पूर्ण घर हुन्थ्यो । उनीहरूलार्ई माइतीको आशा हुँदैनथ्यो । घरको त झन् हुने कुरै भएन । अर्काथरी छोरीहरू पनि हुन्थे जो घरका अभिभावकले बीचमै पढाइ छुटाएर बालविवाह गरिदिएकाले घरेलु हिंसामा परेर तड्पिइरहेका किशोरीहरू पनि आपूmले बोकेको गाग्रो धारा–कुवामै छोडिदिएर टोलीसँगै माओवादी बन्थे किनभने जब माओवादी आन्दोलनको प्रभाव ग्रामीण क्षेत्रमा बढ्दै गयो । जसको सामान जहाँ छोडे पनि हराउँदैनथ्यो । उनीहरू कोही कलाकारको टोलीमा जोडिएर नाच्न, गाउन, लेख्न, पढ्न सिक्थे भने कोही जनमिलिसियामा जोडिन्थे । सुरुमा उनीहरू आफ्नो व्यक्तिगत समस्याको जालोबाट भाग्नका लागि माओवादी पार्टीसँग जोडिएका हुन्थे । तर जब पार्टीको नीति, पद्धति, अनुशासन, सिद्धान्त बुझ्दै जान्थे अनि उनीहरू अझ सशक्त हुँदै आफ्नो काममा लाग्थे । व्यक्तिगत समस्याले आकर्षित भएको मान्छे राजनीतिक चेतनाले थप आकर्षित हुन्थ्यो ।

मान्छेको जिन्दगी कति अनौठो हुन्छ । भयो, पु¥याउन सक्यो भने थालमा पस्केको भात पनि अरूको हातले चम्चाले खुवाइमाग्न पछि पर्दैन । केही भएन, छैन भने फेरि एक जोर लुगा र आधा पेट खानामा पनि मरिमेटेर काम गर्न सक्छ । अझ हाँसीखुसी भएरै दिन बिताउन सक्छ । कतिपय किशोरहरू विदेशतिर कुल्ली–दरबानको काम खोज्न जानका लागि घरबाट निस्केका हुन्थे । तर बाटोमा माओवादीको एउटै कार्यक्रममा सहभागी भएको भरमा आफ्नो गन्तव्यको दिशा नै बदलेर अभियानमा सरिक हुन्थे । कोही विदेश अरबका खाडीतिर जानका लागि आफ्ना घरघडेरी साहुकोमा बन्धकी राखेर पैसा दलाललार्ई बुझाइसकेका हुन्थे । उता दलाल पैसा लिएर चम्पट भइसकेको हुन्थ्यो । अब बरु कि जित्ने कि मर्ने फटाहा दलालहरूसँग लड्ने भन्दै घरपरिवारलार्ई बीचमै छोडेर पार्टीमा सरिक हुन्थे । उनीहरू पनि अभावहरूसँग लडेर बिनासित्तै जीवन सक्नुभन्दा माओवादी पार्टीको अभियानमा लागेर संसार बदल्ने अभियानमा जोडिन पाउँदा गर्वानुभूति गर्थे । उनीहरूको लक्ष्य भनेको माओवादीले जुन काम जहाँ, जस्तो अवस्थामा दिन्छ, त्यस्तै त्यही काम गर्ने अठोट हुन्थ्यो । यसरी आफ्नो समस्या आपूm एक्लैको समस्या मात्र नभएर हरेक श्रमजीविहरूको समस्या उस्तै हो । त्यसैले आपूmजस्तै श्रमजीविहरू उस्तैउस्तै समस्याहरूसँग जुध्दै आएकाहरू सामूहिक भएर, एकै भएर यस्तो समस्या निम्त्याउने राज्यसत्ता नै बदलेर नयाँ श्रमजीविहरूको राज्यसत्ता स्थापना गर्ने अभियानमा एकाकार हुनु नै सही समाधान हो भन्ने अनुभव अरूलार्ई बाँड्दै काम गर्ने गर्थे । यसरी एउटै झोलामा संसार बोकेर हिँड्ने भएकाले होला कतिपय माओवादीका दुस्मनहरूले ‘झोले’ भनेर घृणा गर्थे । हामी जो झोला बोकेर अभियानमा सामेल भएका थियौँ, झोलामै संसार बोकेजस्तो उच्च गर्वबोध हुने गथ्र्यो । हामी आफ्नो अभियान लिएर गाउँगाउँमा जान्थ्यौँ । त्यहाँ सबैभन्दा पहिले त्यो गाउँका शिक्षित मान्छेहरूलार्ई सके एकै ठाउँमा भेला पाथ्र्यौँ । नसके उनीहरूकै घरआँगनमा पुगेर हाम्रो पार्टीको कुरा बुझाउन थाल्थ्यौँ । उनीहरूले हाम्रो पार्टी र पार्टीको उद्देश्यका बारेमा समेत धेरैजसो नकारात्मक ढङ्गले बुझेका हुन्थे । कतिपय शिक्षितहरू हाम्रो कुरा सुन्नै तयार हुँदैनथे । जब कुरा सुनेर उनीहरूको जिज्ञासाको समेत चित्तबुझ्दो उत्तर पाउँथे, त्यसै दिनबाट उही झोला बोकेर हाम्रो अभियानमा सामेल हुने गर्थे । कतिपय भने आआफ्नो ठाउँबाट आवश्यकताअनुसार काम गर्ने आश्वासन दिने, पछि त्यो पूरा गर्ने गर्थे । कोही केही समय पर्ख र हेर भन्दै केही समय पर्खेर मात्रै हाम्रो अभियानमा हातमा हात, काँधमा काँध मिलाउन आइपुग्थे । झोलामा सिङ्गै घरसंसार हुने भएपछि हामीमा रहेका थुप्र्रै मान्छेका जीवनलार्ई चाहिने–नचाहिने लोभ, मोह घट्दै जाने रहेछ ।

मान्छेहरूको मनस्थिति जस्तो वस्तुगत परिस्थिति भयो त्यस्तै बन्दै जाँदोरहेछ । हामी दिनरात एक ठाउँबाट अर्को ठाउँ हिँडिरहनु पर्ने, धेरै ठूलो झोला बोक्न गाह्रो हुने, कहिलेकहीँ छिटो हिँड्नुपर्दा नसकिने, अझ सेना प्रहरीकै खेदाइमा परियो भने त्यो जाबो झोला–सोला बारीको कान्लामुनि हुन्छ कि, झाडीमाथि हुन्छ कि, जङ्गलको बीचमा हुन्छ त्यो सबैलार्ई फालिदिएर ज्यान मात्र भए पनि बचाउने उद्देश्यले ज्यान फालेर दौडनुको विकल्प थिएन । त्यसैले झोलामा अति आवश्यकीय सीमित सामान मात्र बोकेर हिँड्ने गरिन्थ्यो । त्यसले गर्दा हामीसँग बढीमा १० नत्र ५–७ केजीको झोला साथमा सधैँ हुन्थ्यो किनकि हामी सधैँ यात्रामा हुने हुनाले हामीले लगाइरहेको लुगा कुनै पनि बेला फाट्न सक्थ्यो । नुहाउँदा, धुँदा फेर्नुपर्ने भएकोले एक जोर कपडा, काइँयो, ब्रस, मन्जन, बिरामी हुँदा औषधी, अध्ययनका लागि पाए किताब, कापी, कलम । अरू सामान बोक्न आवश्यक पर्दैनथ्यो । सञ्चित गरेर राख्ने हो भने त चाहिन्थ्यो । तत्कालीन आवश्यकीय सामान त्यति भए सामान्यतया चल्ने रहेछ । किनभने सुत्नका लागि ओढ्ने–ओछ्याउने बोकेर साध्य हुँदैनथ्यो । खाद्यान्न पनि ठूलोठूलो कार्यक्रम छ भने पाइने ठाउँ भए किन्ने, नपाइने ठाउँ छ भने बोकेर जानुपर्ने । ससानो टोलीमा चाहिँ जहाँ जुन गाउँबस्तीमा पुगिन्छ, बाँडिएर उनीहरूले जे दिन्छन्् त्यही, जति दिन्छन्् त्यति खायो । उनीहरूको घरको खेतीपातीको मौसम छ भने काम गरिदियो । जसको काम ग¥यो उसले नै खान दिन्थे । त्यस्तो कुनै कामको मौसमको बेला छैन भने उनीहरूकै भान्सामा जे पाकेको छ, एउटा घरमा एकजनाले खाँदा फेरि अर्को बान बसालेर उनीहरूलार्ई पकाइरहन पर्दैनथ्यो । हामीलार्ई त्यसो गर्दा एउटै घरलार्ई मात्र भार प¥यो, खाना खुवाउन गाह्रो भयो कि भनी सोचविचार गरिरहन आवश्यक थिएन । अब त्यतिखेरको मनस्थिति यसो फर्केर हेर्ने हो भने साँच्चै जनताको सेवक बन्नका लागि राजनीति गर्ने हो भन्ने, आफ्नो भन्ने निजी सम्पत्ति त्यही एउटा झोला मात्र भयो भने अरू कुराहरूको चिन्ता नहुने रहेछ । धन सञ्चित गर्नुपर्ने रहेनछ । त्यसै कम्युनिस्टहरूले ‘सादा जीवन उच्च विचार’ भन्ने आदर्श बनाएका होइन रहेछन्् ।

अर्थशास्त्रको नियमै के हुन्छ भने, जति जम्मा ग¥यो जम्मा गर्दै जान मन लाग्ने, अब पुग्यो भन्ने कुनै अन्तिम बिन्दु नभेटिने हुन्छ । त्यसैले आवश्यकताहरू धेरै भए पनि त्यसलार्ई वर्गीकरण गरेर सबैभन्दा अत्यावश्यक, आवश्यक, भए पनि हुने, नभए पनि हुने, हुँदा सजिलो, नहुँदा अलि दुःखकष्ट बेहोर्नुपर्ने यस्ता खालका आवश्यकताहरू हुन्छन्् । त्यसैले यिनमा छानेर आफ्ना आवश्यकताहरूको प्राथमिकता निर्धारण गर्दै जानुपर्छ । पूरा गर्दै जानुपर्छ भन्ने हुन्छ । तर मान्छेको त जातै त्यस्तो हो कि, सकेसम्म जम्मा गर्ने । आज, भोलि आफ्नो पुस्तालार्ई मात्र होइन, आउने छोरा नातिका पुस्तालार्ई समेत सम्पत्ति थुपार्ने जुन चलन छ, त्यसैले गर्दा नै रहेछ समाजमा वर्गको उत्पत्ति भएको । त्यसले कसैलार्ई भोकै बनाउने, कसैलार्ई बोक्नै नसक्ने भुँडी लगाएको भएको कारण नत्र थोरै वा छोटो समयलार्ई मात्र सञ्चित गर्ने हो भने मात्र पनि अहिलेको दाँजोमा ठूलो भोकमरी टथ्र्यो ।

हामीसँग भएको एउटा झोला मात्र निजी थियो । अरू सबै सार्वजनिक वा समूहको हुन्थ्यो । मीठो पाके÷नपाके, पाए राम्रो÷नराम्रो पनि उही रङमा फरक हुन सक्थ्यो । आवश्यकताअनुसार पाइने लुगाकपडामा खासै धेरै फरक हुने कुरा भएन । कतिपय समयमा ब्रस, मन्जन किन्ने, भित्री कपडाहरू किन्ने पैसाको अभाव हुने । धेरै नै समस्या आउन थालेपछि पकेट खर्च भनेर नियमै बनाएर पूर्णकालीन कार्यकर्ताहरूलार्ई जनही ५ सय रुपैयाँ महिनामा दिने गरिएको थियो । त्यो पैसा जम्मै खर्च नभएर कतिपयले बाहिरै लगाउने लुगा किनेर लगाउँथे । बास, गाँस, औषधी, शिक्षाको व्यवस्था गरिदिने हो भने त एउटा मान्छेलार्ई महिनामा ५ सय रुपैया मात्र खर्च गरेर सिध्याउन पनि त मुस्किल पर्ने रहेछ भन्ने सहज विचार त्यतिखेर थाहा पाइयो । मान्छेले सबैभन्दा माया गर्ने भनेको आफ्नो जिन्दगी, आफ्नै प्राण हो । जब त्यसलार्ई नै च्याँखे थापेर जनयुद्धमा लामबद्ध राता मान्छेहरूलार्ई आपूm जुन उद्देश्य राखेर आन्दोलनमा लामबद्ध भएको हो, त्यसमा नै विशेष ध्यान केन्द्रित हुने अरू सबै तपसिलका विषय बन्दा रहेछन्् । सुविधाहरू त अगाडि नै आउँदा पनि त्यसको महŒव नै बोध नहुने । त्यसैले सर्वहाराकरणको उच्च नमुना नै मान्न सकिने स्थिति त्यतिखेरका माओवादी कार्यकर्ताहरूको जीवन पद्धति थियो । त्यसैले हरेक जनताका मुद्दामामिलाहरू आउँदा त्यहाँ निष्पक्ष छानबिनपछि फैसला हुन्थ्यो । त्यसमा कुनै शुल्क लाग्दैनथ्यो । किनकि पैसा लिएर हेरेपछि त्यो व्यवसायिक जस्तो हुने, निष्पक्ष नहुने, अनि जनताको सेवा नहुने भन्ने मान्यता थियो । उनीहरू खुसी भएर पार्टीको कुनै कार्यक्रमका लागि भने चाहेमा सहयोग गर्दथे । राम्रोसँग बुझाएमा जतिसुकै नबुझ्ने मान्छेलार्ई पनि कम्युनिस्ट नीति बुझाउन गाह्रो हुँदैनथ्यो ।

प्रतिक्रियाहरु