भारतमा अत्याधिक गर्मी : तापक्रम ४९ डिग्री सेल्सियस

२०७९ जेष्ठ ३ गते, मंगलवार


काठमाडौं । भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ । दिल्ली र उत्तर प्रदेशका स्थानहरूको तापक्रम ४९ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम कार्यालयले केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ । दिल्लीमा सफदरजंग अब्जरभेटरीले ४५ दशमलब ६ डिग्री सेल्सियस रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुई वटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस रिपोर्ट गरेका छन् । सफदरजंगको तापक्रम यो सिजनको उच्च हो । अत्यधिक गर्मी बढेपछि सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु