श्रीलंकामा मोटर रेसका क्रममा दुर्घटना : सात जनाको मृत्यु, १८ घाइते

२०८१ बैशाख १० गते, सोमबार

काठमाडौँ । श्रीलंकामा आयोजना गरिएको मोटर रेसको समयमा एउटा कार ट्रयकबाट बाहिर जाँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ बर्षिया बालिकासहित मोटर रेसका अधिकारी र दर्शकहरु रहेका छन् । श्रीलंकाको दियातलावा शहरमा आयोजना गरिएको उक्त रेसका क्रममा भएको दुर्घटनामा १८ जना घाइते भएका छन् । दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
श्रीलंकाको सेनाले आयोजना गरेको यो रेस अवलोकनका लागि एक लाख मानिस सहभागी भएको बेला दुर्घटना भएको हो । दुर्घटनालगत्तै दर्शकदीर्घा माझ भागदौड मच्चिएको थियो । घटनालगत्तै रेस कार्यक्रम स्थगित गरिएको थियो । घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु