वर्षा र हिमपातको सम्भावना

२०७८ माघ ४ गते, मंगलवार


काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण फेरी मौसम बिग्रिएको जानेको छ । महाशाखाले आज पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ। मंगलबार बिहान प्रदेश १ र मधेश प्रदेशलगायत पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ। राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतः सफा रहने छ। पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु