इज्जत र प्रतिष्ठा : मनुष्यको अमूल्य सम्पत्ति

मिलन आफन्त २०७८ माघ २ गते, आईतवार

मानव जिवनमा इज्जत र प्रतिष्ठाको ठूलो महत्व रहेको हुन्छ । जुन व्यक्तिसँग इज्जत र प्रतिष्ठा छैन, त्यो व्यक्तिको समाजमा सम्मान कम हुन्छ । इज्जत र प्रतिष्ठाले नै समाजमा सम्मानित जीवनयापन गर्न मद्दत गर्दछ । मानिसले जानेर वा अन्जानवश आफ्नो इज्जत, प्रतिष्ठा गुमाइरहेका पनि हुन्छन्् । यस कारण यस विषयमा सबै मनुष्य सचेत हुनु निखास्तान्त आवश्यक छ । हामीलाई थाहा भएकै कुरा हो “इज्जत गुमाउन जति सजिलो छ, इज्जत कमाउन त्यतिनै गाह्रो छ ।” जब कुनै पनि मानिस बालक उमेरबाट किशोर र युवा व्यक्तित्वमा विचरण गर्न थालेको हुन्छ, त्यसबेलामा उसलाई के गर्न उचित र के गर्न अनुचित त्यस सम्बन्धमा त्यति ज्ञान हुँदैन, तसर्थ पनि त्यस समयका युवाहरु इज्जत गुमाउने काम गर्न पछि पर्दैनन् । इज्जत गुमाउने काम भन्नाले हामी जुवातास, लागूपदार्थ सेवन, ….बाजी र बाबुको पैसा चोरेर अनैतिक काममा खर्च गर्नु भन्ने बुझ्दछौ । आजका युवाहरु यस्ता कुलतमा फसेको हामीले देखेका छौ । जसले गर्दा उनीहरुको इज्जत र प्रतिष्ठा समाजमा नगन्य रहेको हामी पाउँदछौँ । तसर्थ पनि किशोर र जवान उमेर पुगेका सन्तानहरुप्रति हरअविभावक र गुरुहरु सचेत बन्नु नित्यान्त आवश्यक छ ।

जुन मानिससँंग इज्जत र प्रतिष्ठा छ । त्यो मानिसलाई समाजमा मात्र नभएर देश र विदेशमा पनि सम्मानको दृष्टिले हेरिन्छ । मुलुकको राष्ट्र«पति, प्रधानमन्त्री, मन्त्रीहरु, साहित्यकार, बुद्धिजीवि, लेखक, पत्रकारहरुलाई समाजले सम्मानको दृष्टिले हेर्नु उनीहरुको इज्जत र प्रतिष्ठाले गर्दा हो । केही समाजका प्रतिष्ठित व्यक्तिहरुनै भ्रष्टाचारमा मुछिन्ुले उनीहरुको इज्जत र प्रतिष्ठामा आँच आएको हामी पाउँदछौ । तसर्थ हामी देशको असल नागरिक हुनुलाई, समाजमा प्रतिष्ठत जीवन बाँच्नलाई कलंकविहीन जीवन जीउनु पर्दछ । मानिस ठूलोभन्दा पनि असल बन्नतिर लाग्नु पर्दछ, जसलाई समाजले सम्मानित ढंगले हेरोस् । देशको असल नागरिक बनेर आफ्नो इज्जत र प्रतिष्ठा जोगाउनु अजका मानिसहरुको दायित्व हो ।

आजको पँुजीवादी संसारमा पैसावालको हालिमुहाली भएको हामी पाउँदछौँ । पैसा कमाउनु पर्दछ, त्यो पनि आफ्नो इज्जत र प्रतिष्ठा जोगाएर । पैसा कमाउने धुनमा हामीले अनैतिक र समाजलाई नपच्ने काम गर्नु हुँदैन । आफ्नो व्यापार, व्यवसाय र जागिर गरेर बसेकाहरुको यो समाजमा इज्जत घटेको नै कहाँ छ र ? मानब जीवनमा पैसाको अति आवश्यकता पर्दछ तर पैसालाई इज्जत र प्रतिष्ठासँग दाँज्न मिल्दैन । इज्जत र प्रतिष्ठाको अगाडि पैसा नगन्य कुरा हो । पैसा कमाउनेभन्दा इज्जत, प्रतिष्ठा कमाउनेलाई हामीले सम्मानको दृष्टिले हेर्नु पर्दछ, यो समयको माग हो । इज्जतदार व्यक्तिलाई हामीले देश सुम्पन्न सक्यौ भने देश संसारमा नै उदाहरणीय देश बन्न सक्दछ । अमेरिका, चीन, रुस, अष्ट्र«ेलिया, जापानलाई विश्वभर अत्यन्तै सम्मानका दृष्टिले हेरिन्छ, त्यो सबै त्यस देशका मानिसहरुको इज्जत र प्रतिष्ठाले गर्दा हो ।

संसारका धेरै जसो प्राणीहरु साथी तथा समूह नभईकन बस्न सक्दैनन् । त्यसमा पनि मानव जाति अझ विशेष रुपले सामाजिक प्राणी बनेको छ । मानिसले आफ्नो चेतनाको प्रचुर मात्रामा प्रयोग गरेर समाजमा मिलेर बस्नु पर्दछ । आफ्नो इज्जत र प्रतिष्ठालाई उँचो बनाउनु पर्दछ । हामीले उदाहरणको रुपमा भ्लादिमिर पुटिन, प्रियंकाचोपडा, ऐश्वर्या राय, माइकल ज्याक्सन, बाराक ओबामा, विल क्लिण्टन, हिलारी क्लिण्टन, क्रिष्टियानो रोनाल्डो, शाहरुख खान र अमिताभ बच्चनलाई लिन सक्दछौ । उनीहरुले लेखक, गायक, राजनेता, राजनेतृ, खेलाडी, नायक र नायिका बनेर आफ्नो इज्जत र प्रतिष्ठालाई संसारमा उँचो बनाएका छन्् । उनीहरुको नाम नै सारा विश्वले गर्भका साथ लिने गर्दछ । इज्जतदार व्यक्तिलाई पैसाको खाँचो पर्न सक्दछ तर पनि यसलाई हामीले गौण विषयमा लिनु पर्दछ र आफ्नो पेसालाई अगाडि बढाउँदा आइपर्ने थुप्रै बाधा व्यवधानलाई हटाएर अगाडि बढ्नु नै सचेत व्यक्तित्वको कर्तव्य हो ।

हामीले जति धेरै मात्रामा नाम कमाउँदछौं, त्यति नै मात्रामा हाम्रो इज्जत, प्रतिष्ठा बढ्दै जान्छ । कसैको नाम परिवारमा, कसैको समाजमा, कसैको जिल्लामा, कसैको देश र कसैको नाम विश्वमा फिँजिएको हुन्छ । हामी जहाँ छौं त्यहीनै राम्रो काम गरेर आफ्नो कृति, इज्जत र प्रतिष्ठा जोगाउनु पर्दछ । हामीले आफ्नो हैसियत भुल्नु हुँदैन । आफ्नो स्थानमा रहेर हामीले अरु व्यक्तिको इज्जत गर्न पनि विर्सनु हुँदैन । जसरी सबै पूmटबल खेलाडीले पेले र मेसीको जस्तो इज्जत कमाउन सक्दैनन्, त्यसरी नै विश्वका सबै व्यक्तिको इज्जत र प्रतिष्ठा पनि एकै हुँदैनन् तर पनि आफ्नो इज्जत र प्रतिष्ठा बढाउन हामीले आफ्नो सम्पूर्ण समय खर्च गर्नु पर्दछ । इज्जत र प्रतिष्ठा नै मनुष्यको अमूल्य सम्पत्ति हो ।

प्रतिक्रियाहरु