गलत प्रवृत्ति, प्रवृत्तिगत अन्तरविरोध र त्यसको सही समाधानवारे

२०७८ पुष २५ गते, आईतवार

खगेन्द्र छन्त्याल

समाज बहुरङ्गी छ यहाँ विभिन्न समयमा विभिन्न प्रकारका प्रवृत्तिहरु देखापर्दछन् । क्रान्तिकारी पार्टी पनि समाजकै एउटा हिस्सा भएको कारण समाजमा देखिने विभिन्न खाले प्रवृत्तिहरुको छाप क्रान्तिकारी पार्टीमा देखिनु स्वभाविक हो । अवश्य समाज या क्रान्तिकारी पार्टीमा देखिने कैयौँ प्रवृत्तिहरु सही र गलत दुवै प्रकारका हुन्छन् । व्यक्तिमा निहित सही या गलत प्रवृत्तिकै कारण व्यक्तिहरु बीचका दूरी बढ्ने र घट्ने गर्दछ । प्रवृत्तिगत समानता छ भने व्यक्तिले नचाहेर पनि उनीहरु बीचको भावानात्मक एकता कायम हुनेगर्दछ । त्यस्तै प्रवृत्तिगत असमानता र विभेद छ भने व्यक्तिले चाहेर पनि भावानात्मक एकता कायम हुन सक्दैन । ठीक त्यहीँनेर सही र गलत प्रवृत्तिका दुई बेग्लाबेग्लै ध्रुव निर्माण हुन्छन् र उनीहरुबीच संघर्ष सुरु हुन्छ । यसरी प्रवृत्तिगत अन्तर सम्बन्ध र अन्तरविरोधको जन्म हुने गर्दछ ।

अस्वभाविक महत्वाकांक्षी बन्नु, अस्वभाविक पदलोलुप देखिनु, नाङ्गो ढंगले आत्मा प्रदर्शन गर्नु, आत्माप्रचारमा रमाउनु, गुण्डा नाइकेझैँ लठैतहरुको अगुवा बनेर हिँड्नु, सांगठनिक अनुशासनमा नबाँडिनु, पार्टीको विधि, पद्धति र प्रक्रियाको धज्जी उडाउनु, व्यक्तिवादी तथा अराजकतावादी सोच र चिन्तनले ग्रसित हुनु, आर्थिक पारदर्शिता नहुनु, गुटगत मानसिकतामा अल्झनु, फरियावाद–परिवारवाद–नातावादको घेरामा बाँधिनु आदि ÷ इत्यादि नै क्रान्तिकारी पार्टीका कतिपय नेता कार्यकर्ताहरुमा बेलाबखत देखिने गलत प्रवृत्तिहरु हुन ।

गलत प्रवृत्तिले क्रान्तिकारी पार्टीलाई नोक्सानी गर्दछ । त्यस प्रकारको गलत प्रवृत्तिहरुले पार्टीमा विभिन्न समस्याहरु सिर्जना गर्दछन् । यस्ता गलत प्रवृत्तिले प्रतिक्रान्तिको सेवा गर्दछन् । ती गलत प्रवृत्तिहरुनै संशोधनवादका स्रोतहरु हुन्, प्रतिक्रान्तिका बीउ हुन् । क्रान्तिकारी पार्टीमा गलत प्रवृत्तिहरु कतिपय जिम्मेवार नेता, कार्यकर्ताहरुको विचार, व्यवहार र क्रियाकलापमार्फत् अभिव्यक्त हुने गर्दछन् । सिद्धान्त, विचार, दृष्टिकोणमा जस्तै गलत प्रवृत्तिका बिरुद्ध पनि क्रान्तिकारी पार्टी भित्र संघर्ष चल्ने गर्दछ त्यही संघर्षलाई नै प्रवृत्तिगत अन्तरविरोध भनिन्छ ।

प्रवृत्तिगत अन्तरसंघर्षको क्रममा आफ्नो कमजोरी ढाकछोप गर्नका निम्ति त्यस प्रकारका गलत प्रवृत्तिका संवाहकहरुले कहिलेकाही क्रान्तिकारी पार्टी र आन्दोलन भित्र विभिन्न खालका भ्रम दिने र विषयलाई अर्कोतिर मोड्ने प्रयत्न गर्दछन् । उनीहरुले सही र गलत प्रवृत्ति बीचको प्रवृत्तिगत अन्तरविरोधलाई सिद्धान्त, विचार र लाइनको अन्तरविरोध भन्दै आपूm क्रान्तिकारी र अरु सवै दक्षिणपन्थी भएको ठहर गर्दछन् । वास्तवमा त्यो हास्यास्पद हो ! कतिपय ठाउँँमा क्रान्तिकारी आन्दोलन भित्रै पनि यस्ता प्रवृत्तिप्रति उदासीन हुने र वेवास्ता गर्ने गरेको देखिन्छ । अझ कुनै वेला त कुनै कोणबाट यस्ता प्रवृत्तिलाई उत्साहित गरेको पनि देखिन्छ, यो राम्रो होइन । यस्ता प्रवृत्तिहरुलाई कदापि उत्साहित गर्नु हुँदैन । गलत प्रवृत्ति एउटा सरुवा रोग हो यसले क्रान्तिकारी पार्टी र आन्दोलनलाई भुत्ते बनाउँछ । क्रान्तिकारी पार्टी भित्र यस्ता प्रवृत्तिलाई ठाउँँका ठाउँँ कुल्चनुपर्दछ । सचेत क्रान्तिकारीहरुले यस्ता प्रवृत्तिहरुका बिरुद्ध पार्टी भित्र निर्मम संघर्ष गर्नुपर्दछ । एकता, संघर्ष र रुपान्तरणको माध्यमबाट तथा आलोचना, आत्मालोचना, चेतावनी र आवश्यकता परे कारवाहीको प्रक्रियाबाट यस प्रकारका प्रवृत्तिहरुलाई क्रान्तिकारी पार्टी र आन्दोलनमा निरुत्साहित गर्नुपर्दछ ।

महान् माओ भन्नु हुन्छ ः ‘वास्तवमा मानिसहरु विभिन्न मात्रामा माक्र्सवादी हुने गर्दछन् । कोही १०० प्रतिशत, कोही ९०, ८०, ७०, ६० वा ५० प्रतिशत माक्र्सवादी हुन्छन् भने कोही १० वा २० प्रतिशत मात्र माक्र्सवादी हुन्छन् (कम्युनिस्ट र श्रमिक पार्टीहरुको प्रतिनिधिहरुको मस्को बैठकमा दिनुभएको मन्तव्यको अंश’ माक्र्सवादी –लेनिनवादी– माओवादी संगठनात्मक सिद्धान्त – पृष्ठ १९०, रक्तिम प्रकाशन, नेपाल) वास्तवमा थोरै माक्र्सवादी बनेकाले नै आपूmलाई सबभन्दा बढी माक्र्सवादी ठान्ने समस्या नै क्रान्तिकारी पार्टी र आन्दोलनमा गलत प्रवृत्ति फैलिनुको कारक हो । माक्र्सवादको खोल ओढेर माक्र्सवाद विरोधी गतिविधि गर्नेहरु नै समस्याको जड हुन । आपूmलाई माक्र्सवादको सिपालु शिक्षक ठान्ने, ठूलै माक्र्सवादी बिद्वान महसुस गर्ने तर ब्यबहार माक्र्सवाद बिपरित गर्नेहरु नै समस्याका स्रोत हुन । माक्र्सवाद भन्छ ः अस्वभाविक महत्वाकांक्षी नबन, अस्वभाविक पदलोलुप नहोउ, नाङ्गो ढंगले आत्मा प्रदर्शन नगर, आत्माप्रचारमा नरमाउ, गुण्डा नाईके झैँ लठैतहरुको अगुवा नबन, सांगठनिक अनुशासनमा बस, पार्टीको विधि, पद्धति र प्रक्रियाको पालना गर, व्यक्तिवादी तथा अराजकतावादी सोच र चिन्तनबाट मुक्त होउ, आर्थिक अराजकता नगर, गुटगत मानसिकताबाट माथि उठ, फरियावाद–परिवारवाद–नातावादको घेरामा कैद नहोउ । तर, तिनीहरु जसले आपूmलाई १०० प्रतिशत माक्र्सवादी ठान्छन्, यसको ठिक बिपरित गर्छन् ।

त्यसकारण माक्र्सवादको वास्तविक अध्यन, प्रशिक्षण, स्कुलिङ्ग र प्रचार–प्रसार पनि यस्ता गलत प्रवृत्तिको उपचारको अर्को विधि हुन सक्छ । यसको अलावा त्यस्ता गलत प्रवृत्तिलाई निरुत्साहित गर्नको निम्ति क्रान्तिकारी पार्टीले विभिन्न अन्तरपार्टी निर्देशन जारी गर्नुका साथै क्रान्तिकारी पार्टी र आन्दोलनमा देखिएका यस्ता गलत प्रवृत्तिका बिरुद्ध विभिन्न अभियानहरु संचालन गर्न सक्छ ।

“सन् १९२९ डिसेम्वरमा चिनियाँ लाल सेनाको चौथो फौजको नवौँ पार्टी महाधिवेसनका निम्ति कमरेड माओले एउटा प्रस्ताव तयार पार्नुभयो । उक्त प्रस्तावको नाम थियो ‘पार्टी भित्रका गलत विचारहरुलाई सुधार्ने सम्बन्धमा’ । प्रस्तावले सम्पूर्ण अनुभवहरुको निचोड निकालेको थियो । यसले गर्दा लालसेनाले पूरै माक्र्सवादी–लेनिनवादी आधारमा आफ्नो निर्माण गर्न र पुरानो खालका सेनाहरुको सारा प्रभावलाई निर्मूल पार्न सक्यो । चौथो फौज मात्र होइन, बरु क्रमागत रुपले लालसेनाका अरु सवै टुकुडीहरुमा पनि यसलाई कार्यान्वयन गरियो । यस प्रकारबाट सम्पूर्ण चिनियाँ लालसेना पुरा रुपमा जनताको सच्चा सेना बन्यो” – माक्र्सवादी–लेनिनवादी– माओवादी संगठनात्मक सिद्धान्त पृष्ठ ६८, रक्तिम प्रकाशन, नेपाल !

पार्टी नेतृत्वको एउटै अस्त्रले कति जादूमय भूमिका खेल्न सक्छ र बिग्रिदै गरेको चिज कसरी ठिक ठाउँमा आउन सक्छ भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो । उक्त प्रस्तावमा कमरेड माओले बिशुद्ध सैनिक दृष्टिछकोण, अति जनवाद, संगठनात्मक अनुशासनको अवहेलना, निरपेक्ष समानतावाद, मनोगतवाद, व्यक्तिवाद, घुमक्कड बिद्रोही दलका विचारधारा, बिप्लववादका अवशेषहरु, पार्टी भित्रका जनवादबारेमा पर्याप्त प्रकाश पार्नुभएको देखिन्छ ।

चिनियाँ जनवादी क्रान्ति सम्पन्न भएपश्चात् सन् १९५१ र १९५२ मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रिय समितिले’ तिन खराबी र पाँच खराबीहरुको बिरुद्ध संघर्ष गर’ भन्ने एउटा अन्तरपार्टी निर्देशन जारी ग¥यो । तीन खराबी भित्र भ्रस्टाचार, बर्बादी र नोकरशाही पर्दथे । त्यस्तै पाँच खराबीभित्र घुसखोरी, कर छली, राज्यको सम्पत्तिको चोरी, सरकारी ठेक्का पट्टाहरुमा हुने ठगी र आर्थिक सूचनाको चोरी पर्दथे । त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रिय समितिले १९५३ मा ‘पाँच अचाक्लीहरुको समस्या समाधान गर’ भन्ने निर्देशन जारी ग¥यो । यी निर्देशनहरुले चिनियाँ कम्युनिस्ट पार्टी र उसको नेतृत्वमा सम्पन्न नयाँ जनवादी क्रान्तिलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।

अवश्य हामीले पनि नेपालको क्रान्तिकारी पार्टी र आन्दोलनमा देखिएका गलत प्रवृत्तिहरु र त्यसद्वारा सिर्जित प्रवृत्तिगत अन्तरविरोधको सही समाधानको निम्ति चिनियाँ शैलीको अनुशरण गर्न सकिन्छ । अतः उल्लेखित गलत प्रवृत्तिहरुको भण्डाफोर गर्दै तिनका विरुद्ध संघर्ष गरेर क्रान्तिकारी पार्टी र क्रान्तिकारी आन्दोलनको रक्षा गर्नको निम्ति क्रान्तिकारी पार्टीले अन्तरपार्टी निर्देशन जारी गर्न सक्छ, जसको स्वागत र कार्यान्वयन गर्नको निम्ति क्रान्तिकारी पार्टीका इमान्दार नेता कार्यकर्ताहरु सधै आतुर छन् ।

प्रतिक्रियाहरु