‘माओ त्सेतुङका प्रमुख लेखहरू’ नामक पुस्तक प्रकाशित

२०७८ मंसिर १४ गते, मंगलवार

  काठमाडौँ ।  अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आफ्नो दोस्रो प्रकाशनका रुपमा वरिष्ठ  माक्र्सवादी लेखक तथा नेता हस्तबहादुर केसी संकलक र सम्पादक रहेको माओ त्सेतुङका प्रमुख लेखहरु   नामक पुस्तक प्रकाशनमा ल्याएको छ । केन्द्रको पहिलो प्रकाशनको रुपमा लेखक केसीद्वारा लिखित माक्र्सवाद ः विकासको इतिहास नामक पुस्तक यसभन्दा पहिले नै प्रकाशित भएको सर्वविदितै छ  

दुई खण्डमा विभक्त गरिएको यो संकलन खण्ड – एक मा संकलक÷सम्पादक केसीले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता तथा चिनिया कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङको संक्षिप्त्त जीवनी सहित प्रमुख लेखहरु – पुस्तक पूजाको विरोध गर , व्यवहारवारे, अन्तर्विरोधबारे , नयाँ जनवाद , उदारवादको विरोध गर , युवा आन्दोलनको दिशा , पार्टीको कार्यशैली सुधार , घिसेपिटे पार्टी लेखनको विरोध गर , येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन , जनताको सेवा गर , जनयुद्ध , जनसेना , अनुशासनका तीन मुख्य नियम र ध्यान दिनुपर्ने आठ कुरा , सादा जीवन र कठोर संघर्षमा दृढ रहौं र जनतासंग घनिष्ट सम्बन्ध कायम राखौं , निरन्तर क्रान्तिको सिध्दान्त , काम गर्ने तरिका सम्बन्धि सोह्र बुँदा , सही विचार कहाँबाट आउँछ ? दर्शनको प्रश्न ,युवाहरु महान् साँस्कृतिक क्रान्तिका महान् सेनानी हुन् , पार्टी र गुट , पार्टीका सिध्दान्तहरु “ तीन गर र तीन नगर “ , पार्टीमा जनवादी केन्द्रीयता र पार्टीका “ तीन महत्वपूर्ण कार्यशैलीहरु गरि २३ वटा लेखहरु समावेश गरिएको छ ।


साथै खण्ड दुई मा माओ त्सेतुङका केही महत्वपूर्ण उध्दरणहरु समावेश गरिएको छ र त्यसमा दर्शनको विषयमा र राजनीतिक अर्थशास्त्र , वैज्ञानिक समाजवाद र अन्य विषयहरु समेटिएको छ ।
विभिन्न समयमा लेखिएका कमरेड माओ त्सेतुङका दर्शन, सिध्दान्त एवं व्यवहारका बारेमा सिर्जना गरिएका अत्यन्तै महत्वपूर्ण लेखहरुलाई संकलन र सम्पादन गरेर एउटै पुस्तकमा समावेश गरेर प्रकाशनमा ल्याउने काममा वरिष्ठ माक्र्सवादी लेखक एवम् माक्र्सवादी चिन्तक तथा राजनीतिक विश्लेषक कमरेड हस्तबहादुर केसीले आम पाठक र अध्येताहरुलाई निकै सजिलो बनाउनु भएको छ ।
संकलक तथा सम्पादक केसीले कमरेड माओ त्सेतुङका महत्वपूर्ण आलेखहरु संकलन र सम्पादन गरेर नेपालको दार्शनिक तथा राजनीतिक फाँटमा एउटै पुस्तकमा समेटेर नेपाली भाषामा प्रकाशित गरिएको यो पहिलो पुस्तक हो ।
प्रस्तुत पुस्तकको आकारलाई हेर्दा र कमरेड माओ त्सेतुङका छरिएर रहेका अति महत्वपूर्ण लेखहरुलाई बहुतै मेहनतका साथ संकलन ÷ सम्पादन गरेर नेपाली भाषामा माओ त्सृतुङका प्रमुख लेखहरु नामक पुस्तक प्रकाशनमा ल्याउने काम गरेर आम पाठकहरु अध्येताहरुलाई सजिलो बनाउनु भई ठूलो गुण लगाउनु भएको छ । लेखक केसीबाट यस प्रकारका कृतिहरु प्रकाशनमा आउँन , हाम्रो शुभकामना ।

प्रतिक्रियाहरु