‘जनमत संग्रह अनिबार्य’

२०७८ मंसिर ९ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले अहिले राष्ट्रिय राजनीतिमा ठुलो संकट आएको र यी सबै समस्याको समाधानको निम्ति जनमत संग्रह अनिबार्य भएको ठोकुवा गरेका छन । सो पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको ‘वैज्ञानिक समाजवादी व्यवस्था र श्रमीक अधिकारका लागि जनमत संग्रह’- मजदुर जागरण अभियान २०७८ कार्यक्रमको उद्घाटन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन् ।

प्रवक्ता प्रकाण्डले अहिले न्यायपालिका , कार्यपालिका र व्यवस्थापिका असफल भै सकेको ठोकुवा गर्दै यी सबै समस्याको समाधानका लागि जनमत संग्रहमार्फत बैज्ञानिक समाजवादी व्यवस्था स्थापन गर्नु अनिबार्य भएकाले मजदुरहरुलाई यसका निम्ति प्रतिबद्ध भएर लाग्न निर्देशन दिए ।


प्रवक्ता प्रकाण्डले दलाल पुँजिवादी सत्ताले क्रान्तिकारी आन्दोलनलाई असफल बनाउन अनेकौ हत्कण्डा अपनाउने गरेको उल्लेख गर्दै यसकै निम्ति नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गर्नु परेको बताउए। उनले भने – ” नेपालका श्रमिक मजदुरहरुको हितलाई ध्यानमा राखी नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरेका हौ । सबैभन्दा बढी उत्पीडनमा पर्ने बर्गमा मजदुर नै पर्दछ किनभने एकदिन काम गरेन भने भोकै बस्ने भनेको मजदुर नै हो । “


प्रवक्ता प्रकाण्डले महंगीले सबैभन्दा बढी असर मजदुरलाई नै पारेको प्रसंग कोट्याउदै आफ्नो दैनिक जीवनमा परेको संकटमा चुप लागेर नबस्न भन्दै संघर्षमा उत्रन आग्रह गरे ।


यसैगरी, प्रवक्ता प्रकाण्डले एमसीसीबिरुद्ध र कालापानी क्षेत्रको जनगणनामा भारतले पुर्याएको बाधाका बिरुद्धमा समेत संघर्ष चर्काउन मजदुरहरुलाई निर्देशन दिए ।


उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डलाई मजदुर आन्दोलनमा बिगत देखि नै पुर्याउदै आएको अतुलनीय योगदानको प्रसंशा गदै सम्मान समेत गरिएको थियो भने पार्टी प्रतिबन्ध कालमा जेल परेका ईश्वर क्षेत्री , महेश लामा र अरुण श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।


अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका बिनोद थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा स्वागत मन्तब्य शिशिर थापाले राखेका थिए भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका फ्राक्सन इन्चार्ज मिलनको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु