नेकपाका महासचिव विप्लवद्वारा सहिद तथा बेपत्ता परिवारजनसंग भेटघाट

२०७८ कार्तिक ६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले रुपन्देहीको सैनामैनामा रहेका सहिद तथा बेपत्ता परिवारजन र स्थानीय जनतासित भेटघाट गरेका छन् । पार्टीको आन्तरिक प्रशिक्षणको सिलसिलामा शनिबार रुपन्देही आएको महासचिव विप्लवले बेला सहिद परिवार तथा स्थानीय जनतासित भेटघाट गरेका हुन् । महासचिव विप्लवले सहिद परिवारसित भेटघाटपछि संक्षिप्त मन्तव्य राख्दै महान सहिदहरुको अधुरा सपनाहरुलाई पुरा गरि छाड्ने बताएका छन् । महासचिव विप्लवले आफुहरुले क्रान्तिलाई नयाँ ढंगले पुरा गर्ने बताउँदै कुनै पनि हालतमा संसदीय पुँजीवादी व्यवस्थामा आत्मसमर्पण नगरिने बताएका छन् । उनले जनमत संग्रहको माध्यमद्धारा वैज्ञानिक समाजवादमा पुग्न सम्भव रहेको बताउदै त्यसले मात्रै जनताको अधुरा सपनाहरु पुरा गर्ने बताए । महासचिव विप्लवले भने, “संसदीय पुँजीवाद र वैज्ञानिक समाजवाद ? जनताले रोज्न पाउनुपर्छ ।” त्यसका लागी जनमत संग्रह अनिवार्य भएको बताउदै विप्लवले जनताको बलमा यो सम्भव भएको बताए । भेटघाट कार्यक्रममा सहिद परिवारकी आमा तुलसा पाण्डे र स्थानीय जनताले फूलमाला लगाएर स्वागत गरेका थिए भने सैनामैनाका स्थानीय नेता कार्यकर्ता र जनताको उत्साहपूर्ण उपस्थिति रहेको थियो । भेटघाट कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज कृति, केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिव असल, रुपन्देही सेक्रेटरी विश्वास, सैनामैना सेक्रेटरी बर्षालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु