नेकपाका महासचिव विप्लवद्वारा मुगु र कास्कीको सडक दुर्घटनाप्रति गम्भीर दुःख प्रकट

२०७८ आश्विन २७ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुगुमा ३२ जना र कास्कीमा ८ जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनाले पार्टीलाई नै स्तब्ध बनाएको भन्दै घटनाप्रति गम्भीर दुःख प्रकट गरेका छन् । मङ्गलबार शोक वक्तव्य जारी गर्दै महासचिवविप्लवले मुगुको छायानाथ रारा नगरपालिका ७ पिना झयारीखोलामा भएको दुुर्घटनामा ३२ जना र अन्नपूुर्ण गाउँपालिका १० घान्द्रुुक कलाभीर कास्कीमा भएको दुर्घटनामा ८ जना नागरिकको ज्यान गएको घटनाले पार्टीलाई गम्भीर र दुःखी बनाएको जनाएका छन् ।
यस बिषयमा महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘आज नेपालगन्जबाट मुुगुको सदरमुकाम गमगढीतर्फ गैरहेको भे १ ख ३१६७नम्बरको यात्रुुवाहक बस छायानाथ रारा नगरपालिका ७ पिना झयारीखोला मुुगुुमा भएको दुुर्घटनामा ३२ जना नागरिकको दुुःख निधन भएको र एक दर्जनभन्दा बढी सङ्ख्यामा घाइते भएको खबरले हाम्रो पार्टीलाई स्तब्ध बनाएको छ ।त्यस्तै अन्नपूुर्ण गाउँपालिका १० घान्द्रुुक कलाभीर कास्कीमाअर्को दुुःखद दुर्घटनामा ८ जना आन्तरिक पर्यटक युुवा विद्यार्थीको ज्यान गएको छ । उक्त दुुवै घटनाले हामीलाई गम्भीर र दुःखी बनाएको छ । उक्त दुुर्घटनामा मृत्युु हुुने नागरिकहरूप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जलीअर्पण गर्दछ । मृतकका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै दुुर्घटनामा घाइते नागरिकको स्वास्थ्यलाभको कामनागर्दछ ।’
महासचिवको वक्तव्यमा भनिएको छ- ‘देशमा जब चाडपर्वहरू नजिकिन्छन्, नेपाली जनताको आवत जावत र ओहोर दोहोरको मात्रा पनि बढ्ने गर्छ । यो स्वाभाविक कुुरा पनि हो । हिन्दुुहरूको ठूलो पर्व दसैँको मुुखैमा भएका यी दुुई ठूुलादुुर्घटनाप्रति सरकार गम्भीर वनोस् ।नागरिकको जिउधनको सुुरक्षामा जिम्मेवार बनोस् र स्तरीय गाडीहरू सञ्चालन गरी नागरिकहरूप्रति उत्तरदायी बनोस् । घाइतेहरूको शीघ्र उपचार र मृतकका परिवारजनमा उचित क्षतिपूुर्तिको व्यवस्था गरोस् । अन्यथा बर्सेनि हुुने ठूल्ठूुला दुर्घटनाले नेपालीनागरिकहरूमा पीडामात्र थप्नेछन् ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु