पाकिस्तानमा ५.७ म्याग्निच्युटको भूकम्प : २० जनाको मृत्यु, कयौं घाइते

२०७८ आश्विन २१ गते, बिहीबार


काठमाडौं । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । भूकम्पबाट क्षति ठूलो भएको अनुमान गरिए पनि यकिन हुन सकेको छैन । बलुचिस्तान प्रान्तका आन्तरिक मामिलामन्त्री मिर जिया उल्लाहले अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको संख्या बढ्न सक्ने बताएका छन् । भूकम्पले घरहरु भत्किएका र बाटो अवरुद्ध भएका दृष्य सामाजिक सन्जालमा सेयर गरिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार घरका छत र भित्ता भत्किंदा धेरै व्यक्तिहरु च्यापिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ ।

प्रतिक्रियाहरु