‘ पहिरो पिडितलाई यथासिघ्र पुर्नवास र राहतको व्यवस्था गर ‘

२०७८ भाद्र १९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पहिरो पिडित परिवारहरुको पुर्नवास र आवश्यक राहतको यथासिघ्र व्यवस्था गर्न नेपाल सरकारसंग विशेष माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। साथै प्रवक्ता प्रकाण्डले बाढी पहिरोबाट पिडितहरुको उद्धार, राहात र सुरक्षित पुर्नवासको व्यवस्थापनको कार्यमा लाग्न सम्वन्धित जिल्ला पार्टीलाई निर्देशनसमेत दिएका छन ।
प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – “पर्वत जिल्लाका विभिन्न स्थानमा पहिरोमा परि ज्यान गुमाउने सवै मृतकहरु प्रति हाम्रो पार्टी भावपुर्ण श्रदान्जली अर्पण गर्दछ । साथै मृतकका आफन्तजनहरु प्रति गहिरो समवेदना व्यक्त गर्दछ । पिडित परिवारहरुको पुर्नवास र आवश्यक राहतको यथासिघ्र व्यवस्था गर्न नेपाल सरकारसंग पार्टी विशेष माग गर्दछ । पहिरोबाट पिडितहरुको उद्धार, राहात र सुरक्षित पुर्नवासको व्यवस्थापनको कार्यमा लाग्न सम्वन्धित जिल्ला पार्टीलाई निर्देशन पनि गर्दछ ।
वाढी र पहिरोका कारण पुर्व पश्चिम राजमार्गको दाउन्ने र गैडाकोटमा सडक अवरुद्ध भई यात्रुहरुले भोग्नुपरेको सास्ती प्रति पार्टीको ध्यान गम्भिर रुपमा आकर्षित भएको छ । अवरुद्ध सडकलाई तदारुकताका साथ मर्मत र संचालन गरि जनताको यात्रालाई सहज बनाउन नेपाल सरकारसंग पार्टी जोडदार माग गर्दछ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु