‘वैज्ञानिक समाजवाद अनिवार्य’

२०७८ भाद्र १८ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आजको सबै क्षेत्रको सङ्कटको मूल कारण दलाल संसदीय पुँजीवादी व्यवस्था भएको ठोकुवा गर्दै यसको विकल्पमा वैज्ञानिक समाजवाद अनिवार्य भएको बताएक छन । नेकपा कालीकोटले बिहीबार सदरमुकाम मान्ममा आयोजना गरेको “बर्तमान राजनीतिक सङ्कट र समाधान” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बास्तोलाले सो कुरा बताएका हुन् । नेता बास्तोलाले भने- “वैज्ञानिक समाजवादमा पुग्न प्रगतिशील सरकार चाहिन्छ, त्यसको मातहतमा लोकतन्त्रको उच्चतम् प्रयोग संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक भन्ने विषयमा जनमतसङ्ग्रह गर्नुपर्छ ।” साथै उनले एकपटक नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिन जनमतसङ्ग्रह आवश्यक भएको ठोकुवा गरे ।
अन्तरक्रियामा नेकपा केन्द्रीय सदस्य एटम बिसी, नेकपा एकीकृत समाजवादीका नेता तथा संविधानसभा सदस्य तुलराज बिष्ट, नेकपा एमालेका प्रदेश सदस्य धिरबहादुर बम, मजदुर किसान पार्टीका खडकराज शाही, नेकपा माओवादी केन्द्र समाजवादीका सागर बिक लगायतले वैज्ञानिक समाजवाद नेपालमा आवश्यक भएको बताएका थिए । कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, बुद्धिजीवी संस्थाका प्रतिनिधिहरू, पत्रकार मानव अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको उत्तर नेता कञ्चनले दिएका थिए । नेकपाका जिल्ला इन्चार्ज बिराटको अध्यक्षतामा कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी रणदिपले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु